डब्लुएचओको ७९औँ महासभामा नेपाल उपाध्यक्ष निर्वाचित

स्वास्थ्यसमाचार/ नेपाल विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को उपाध्यक्षमा निर्वाचित भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा आजबाट सुरु भएको ७९औँ विश्व स्वास्थ्य महासभाले नेपालसहित अरु पाँचवटा देश उपाध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएको हो ।

जेनेभास्थित पाले डे नेसन्समा आज आयोजित महासभाको उद्घाटन सत्रमा निर्वाचन भएको थियो ।उपाध्यक्षमा निर्वाचित अन्य देशहरुमा लिविया, मालि, पोल्याण्ड र पपुवान्युगिनी रहेका छन् ।

यसैबीच नेपालको यो सफलतालाई अन्तर्राष्ट्रिय स्वास्थ्य क्षेत्रमा नेपालको बढ्दो सक्रियता, नेतृत्वदायी भूमिका तथा विश्व स्वास्थ्यसम्बन्धी मुद्दामा पुर्‍याउँदै आएको योगदानको कदरको रुपमा हेरिएको छ ।स्वास्थ्य मन्त्री निशा मेहताले आजै सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :