स्वास्थ्यसमाचार/ लुम्बिनी आयुर्वेद चिकित्सालय मा नेपाल सरकारको साप्ताहिक सरसफाइ कार्यक्रमअन्तर्गत सरसफाइ अभियान सम्पन्न गरिएको छ।
अस्पताल परिसरलाई स्वच्छ, सुरक्षित र सेवाग्राहीमैत्री बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त अभियानमा अस्पताल विकास समितिका अध्यक्ष शालिक राम भुसाल सहित चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
अभियानअन्तर्गत अस्पताल परिसर, बिरामी वार्ड, ओपीडी क्षेत्र, बगैँचा तथा आसपासका स्थानहरूको सरसफाइ गरिएको थियो। कार्यक्रममा सहभागीहरूले सरसफाइ केवल एकदिने कार्यक्रम नभई स्वास्थ्य संस्थाको नियमित संस्कार बन्नुपर्नेमा जोड दिएका थिए।
अस्पताल विकास समितिका अध्यक्ष भुसालले स्वच्छ वातावरणले बिरामीको उपचार प्रक्रियामा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै अस्पताललाई नमुना स्वास्थ्य संस्था बनाउने अभियानमा सबै कर्मचारीको सहकार्य आवश्यक रहेको बताए।
अस्पताल प्रशासनका अनुसार यस्ता सरसफाइ कार्यक्रम नियमित रूपमा सञ्चालन गरिनेछ। यसले अस्पतालमा आउने सेवाग्राहीलाई स्वच्छ र सहज वातावरण उपलब्ध गराउनुका साथै स्वास्थ्य संस्थाप्रति नागरिकको विश्वास थप मजबुत बनाउने अपेक्षा गरिएको छ।


प्रतिकया दिनुहोस्