अर्टिजम बारे बुझौं र सही ब्याबस्थापन गरौं :भोजराज पोख्रेल

अर्टिजम भन्नाले मस्तिस्कको असाधारण अबस्था हो । यो एउटा मस्तिस्कको बिशेष अबस्था मात्र हो । यो एक किसिमको जन्म जात बिशेष अबस्था हो । अर्टिजम भएका बालबालिकाको शारिरिक अबस्था सामान्य भएता पनि सामाजिक सिप ,संन्चार सम्बन्धि सिप र सिकाईको क्षमता कम हुन्छ । संक्षेपमा भन्नु पर्दा अर्टिजम भन्नाले बालबालिकाको मस्तिस्क बिकासको क्रममा आउने समस्या हो ।

भन्ने बुझ्नु पर्दछ । अर्टिजम स्नायु तथा नशाको बिकासमा आउने ह्रासले उत्पन्न हुने समस्या हो । यो जन्म जात नशा र तन्तुको बिकासका क्रममा आएको असमानताको एउटा रुप हो । अर्टिजम लाई न्युरो डेभलपमेन्ट डिसअर्डर वा अर्टिजम स्पेक्ट्रम डिसअर्डर पनि भनिन्छ । बिश्व स्वास्थ्य संगठनले गरेको अनुसंन्धानको आधारमा १०० जना बालबालिकामा १ जनामा अर्टिजम हुन्छ । भने सि डि सि को २०२२ को रिर्पोट अनुसार ३६ जना बच्चामा १ जनामा अर्टिजम हुन्छ भनेका छन । साथै ४ जना पुरुष लाई हुदाँ १ जना महिला लाई ४.१ को रेसियोमा देखिन्छ ।

हाल नेपालको सन्र्दभमा २ लाख ५० हजार देखि ३ लाख भन्दा बढी बालबालिकामा अर्टिजम भएको अनुमान छ । भने नयाँ केशहरु २०२२ को तथ्याङले ३६५ जना बालबालिकामा अर्टिजम निदान भएको छ । अझ भयानक अबस्था त बिश्वमा हरेक २० मिनेटमा १ जना अर्टिजमको केसको डाईनोसिस भईरहेको तथ्याङ्क रहेको छ ।

अर्टिजम हुनुको कारण :

यस बिषयमा भए गरेका बिभिन्न अध्यायन अनुसंन्धान हरुले यसको बास्तबिक कारण यही नै हो भनेर किटानीका साथ भन्न सकेको अबस्था छैन । अर्टिजम लाई मुलतः ८० प्रतिशत बंशाणुगत गुणको प्रभाबले हुन्छ भन्ने गरिन्छ ।

भने यसका आन्तरिक र अन्य कारणहरुमा दम्पतिहरुले ३५ बर्ष भन्दा माथिको उमेरमा बच्चा जन्माएमा ,२६ हप्ता भन्दा कम समयमा बच्चा जन्मिएमा, कम तौल भएका बच्चा जन्मिएमा, नबजात अबस्थाको बच्चामा बिभिन्न प्रकारका रोगको संक्रमण भएमा, एउटा बच्चा र अर्को बच्चा बिचको जन्मान्तर कम भएमा पनि बच्चामा अर्टिजम हुन सक्दछ ।

अर्टिजमको सामान्य लक्षण तथा चिन्ह हरु :

बच्चा एक्लै खेल्न मन पराउने , एक अर्कामा आँखा जुदाउन नसक्नु , अस्वभाबिक रुपले हाँस्ने वा कराउने , उमेर अनुसार बोलि नफुट्ने , आप्mना समान उमेरका साथीहरु संग घुलमिल हुन मन नपराउने । घाउ चोटपटक लाग्दा दुखाई महसुस नहुनु , भने सामान्य दुखाई हुँदा चिच्याएर रुने कराउने गर्नु ।

साङकेतिक भाषाको प्रयोग गर्न नसक्नु उमेर अनुसार बौद्धिक क्षमता उत्कृष्ट नहुनु ठुलो आवाज सुन्दा कान थुन्ने झर्को लागेको जस्तो ब्याबहार देखाउने , एउटै मात्र खेलौना खेलिरहनु , सामान्य शिक्षण बिधिबाट पठन पाठन गर्न नसक्नु , केही कुरा कम हुँदा बढि भएको महसुस र बढि हुदाँ कम भएको महसुस गरेको ब्याबहार प्रकट गर्ने । आदी जस्ता लक्षण हरु देखा पर्दछन ।

अर्टिजम भएको वा नभएको कतिबेला शंकागर्ने :

अर्टिजम मस्तिस्कको बनाबटमा हुने असन्तुलनका कारण उत्पन्न हुने जन्मजात समस्या हो । बालबालिकाले जन्मपछि २ बर्ष भित्रमा आमा वा अभिभाबक संग कुनै पनि सञ्चार गर्न सकेनन भने अर्टिजमको शंकागर्न सकिन्छ । बालबालिकाले उमेर अनुसारको गतिबिधि गरेका छैन । वा असमान्य ब्याबहार देखाउछन् भने अर्टिजम हुन सक्दछ । समयमै पहिचान गर्न सके त्यास्ता बालबालिकाको उचित ब्याबस्थापन गर्न सकिन्छ ।

अर्टिजम को पहिचान कसरी गर्ने :

अर्टिजममा बाहिरबाट हेर्दा कुनै रोग देखिदैन । सामाजिक रुपमा घुलमिल हुन नसक्ने , कसै संग कुरागर्न गाह्रो हुने । आँखा नजुधाउने , एक्लै बस्न मन पराउने , अरुलाई आप्mनो कुरा बुझाउन नसक्ने , र आफुले पनि बुभ्mन नसक्ने , एउटै कुरा दोहोर्याउने , आदी हुन्छ । ईन्द्रीयहरुको उतारचढापका कारण अर्टिजम भएका बालबालिका हरुले बाताबरण ब्याक्ति र बस्तु प्रति अलग किसिमको प्रतिक्रिया देखाउछन ।

बालबालिका जन्मिए देखि लगभग २ बर्ष सम्म प्रस्ट रुपमा यसका लक्षण चिन्ह गाह्रो हुन्छ । शारिरिक रुपमा धेरै जसो स्फुर्तिला देखिने यि बालबालिकाको भाषा बिकास नभएको अभिभाबक हरुले याद गर्दछन । धेरै जसो बालबालिका हरु स्कुल गएपछी मात्र यो समस्याको पहिचान हुन्छ ।

अर्टिजमका प्रकार हरुको सन्र्दभमा भन्नुपर्दा हाईपर र लो हाईपर वा अबस्थाको आधारले ग्रेड १ ग्रेड २ र ग्रेड ३ गरेर बर्गीकरण गर्न सकिन्छ । बालबालिकामा प्रकाश ,गन्ध, स्वाद बासनामा बढी संबेदनशिल हुने अर्थात अत्यान्तै कम हुने हुन्छ ।

अर्टिजम हुन नदिन यी कार्यहरुमा ध्यान दिनु आबस्यक पर्दछ :

गर्भधारणको समय देखी जन्म अबस्था सम्म चिकित्सकको सिफारिसमा आबस्यक सप्लिमेन्ट फोलिक एसिड को सेबन गर्ने । आप्mनो बालबालिका लाई अधिकाशं समय दिने । आप्mनो बालबालिका लाई रचनात्मक काममा क्रियाशिल गराउने । आप्mनो बच्चाको मानसिक क्षमताको बारेमा बुभ्mन चिकित्सक वा बिशेषज्ञको सल्लाहा लिने ।

जति छिटो बच्चाको अबस्था थाहा हुन सक्यो त्यातिनै उनिहरुको संन्चारमा सहजता ल्याउन सकिन्छ । थेरापिको माध्याम बाट सहज तरीकाले सन्चार प्रक्रियाको लागी सक्रिय बनाउन सकिन्छ । यसकार्यको लागी बच्चाले भन्दा अभिभाबकले पहिले थेरापिको बारेमा जान्नु जरुरी छ । यसको लागी अर्टिजम केन्द्र हरुको भुमिका महत्वपुर्ण रहन्छ ।

यसको उपचार पद्धति यस प्रकारको छ:

यस रोगको उपचार भनेको थेरापी नै हो । समयमै रोग पहिचान गरी बिहेवियर थेरापी दिनुनै यसको महत्वपुर्ण उपचार हो । अर्टिजम भएका बालबालिका लाई सञ्चारगर्न , सामाजिक ब्याबहार गर्न , बिभिन्न थेरापी एबंम खेलको माध्याम प्रयोग गर्न सकिन्छ । बालबालिकाका प्रमुख गुरु नै आमा बाबा तथा अभिभाबक हुन ।

अभिभाबकले नै उनिहरु संग सबैभन्दा बढी समय बिताउने भएकाले यस्तो समस्या भएका बालबालिकाका अभिभाबक लाई नै बिहेवियर थेरापी तालिम दिनु आबस्यक पर्दछ । अभिभाबकले नै घरमा बालबालिका लाई बिभिन्न परिस्थितिमा बाताबरण सुहाँउदा खेल खेलाउदैं थेरापी दिनु पर्दछ । अर्टिजम भएका बालबालिका हरुलाई बौद्धिक रुपमा ठिक ठाँउमा ल्याउन र आफुमा आत्मनिर्भर बनाउन थेरापीको बिधिबाट अभिभाबकको महत्वपुर्ण भुमिका रहन्छ ।

हरेक स्थानिय तहहरुले यसको ब्याबस्थापनको बारेमा केही रणनितिक योजना तयार गरी अभिमुखिकरण तथा ब्याबस्थापकिय कार्यक्रम चलाउन सकेमा मात्र यसको ब्याबस्थापनमा सहजता आउन सक्दछ ।

लेखक भोजराज पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुनुहुन्छ ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :