स्वास्थ्यसमाचार / प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड(१९ संक्रमण जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्। नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सीमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत बन्न आग्रह गरे। उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सावधानीका उपाय अपनाउनुपर्ने बताए।भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने बताए। उनले भने, ‘कोभिड(१९ को सन्दर्भमा म भन्न…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
काठमाडौं प्रवेश गर्न एन्टिजेन परीक्षण अनिवार्य
स्वास्थ्यसमाचार / काठमाडौं प्रवेश गर्न अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिकामार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय गरेको हो । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकाभित्र कोभिडको संक्रमण बढ्न नदिन हरेक नगरपालिकाले एन्टिजेन परीक्षण गर्ने र नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको बताए । यस्तै एन्टिजेन परीक्षणबाट नेगेटिभ देखिएको र लक्षण देखिई शंकास्पद लागेमा पिसिआर परीक्षण गर्न स्वाब संकलन गरी पठाउने निर्णय पनि बैठकले गरेको छ । प्रमुख जिल्ला…
भिम अस्पतालमा आकस्मिक भवनको मूख्यमन्त्री पोखरेलद्धारा उद्घाटन
स्वास्थ्यसमाचार /लिलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले निर्माण गरेको अत्याधुनिक सुविधा सहितको लिलाराम न्यौपाने आकस्मिक भवन भिम अस्पताललाई हस्ताण्तरण गरे । मूख्यमन्त्री पोखरेलले बिभिन्न चन्दा आतंकबाट पिडित भएको गुनासो गर्ने ब्यवसायीलाई यस्तै दिगो प्रकृतिको सामाजिक कार्यमा लगानी गर्न आग्रह गरे । भित्र विरामी जाँच हुन्छ बाहिर सटरमा रिफर हुने हुदा यसैको सुधारका लागि रातारात सटर भत्काएको मुख्यमन्त्री पोखरेलले बताए । कोभिडले राज्यको स्वास्थ्य संस्थाहरुको अवश्था छताछुल्ल बनाई दिएको स्विकार गरे । अबको दिनमा स्वास्थ्य सेवाको सुधार गर्ने पर्ने आवश्यकता औल्याउदै उनले प्रदेशका सबै जिल्ला अस्पतालहरुलाई ५० शैयाको अस्पतालको रुपमा निर्माण गर्ने बताए…
१५ सय बढी स्वास्थ्यका कर्मचारीको समायोजन मिलान
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ५०० बढी स्वास्थ्यकर्मीको समायोजन मिलान गरेको छ। मन्त्रालयले समायोजन मिलानको सूची सार्वजनिक गर्दै त्यसको जानकारी दिएको हो। मिलानको पत्र मन्त्रालयको वेभसाइटमा राखिएको छ। समायोजन मिलानका लागि २ हजार ७ सय भन्दा बढीले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये केहीको प्रक्रिया नपुगेको र केहीको कागजपत्र नपुगेको भन्दै १५ सय ५२ जनाको समायोजन मिलान गरिएको मन्त्रालयले जनाएको छ।
वायु प्रदूषणका कारण देशभरका शिक्षण संस्था ४ दिन बन्द गर्ने निर्णय
स्वास्थ्यसमाचार/ पछिल्ला दिनमा वायु प्रदूषण बढ्दै गएपछि सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। बैठकले मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रीका प्रेस सल्लाहकार ईश्वरराज ढकालले बताए। बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको बताए। बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा हरि लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याल…
चिनबाट नेपाल आइपुग्यो कोरोना विरुद्धको ८ लाख डोज खोप
स्वास्थ्यसमाचार/ चीन सरकारले अनुदानमा उपलब्ध गराएको ८ लाख डोज कोभिडविरुद्धको खोप काठमाडौं आइपुगेको छ। नेपाल एयर लाइन्सको विमानबाट बिहान आइपुगेको खोप नेपाललाई हस्तान्तरण गरिएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेकी हुन् ।चीन सरकारले सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भाक्सिन (भेरोसेल) खोपको ८ लाख डोज नेपाललाई अनुदानमा दिएको हो। खोप प्राप्त गरेपछि स्वास्थ्यमन्त्री त्रिपाठीले कोभिडविरुद्धको लडाइँमा चीनले गरेको सहयोगप्रति धन्यवाद दिए। चिनियाँ राजदूत यान्छीले यो खोप ८०…
धुलिखेल अस्पताल सेवाप्रवाह र बाताबरणको हिसाबले नमूना :डा राजेन्द्र खनाल
डा राजेन्द्र खनाल सहित लुम्बिनी प्रादेशिक अस्पतालको टिम धुलिखेल अस्पतालमा केहि दिन अघि पुगेका थियौ ।लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा पनि नयाँ भिआईपी क्याबिन संञ्चालन र फोहर ब्यबस्थापन गर्ने बिषयमा धुलिखेल अस्पतालको बारेमा हामी अध्यन गरेका थियौ ।मैले अस्पतालमा भनेको सुनेको मात्र होईन धेरै कुराले यो अस्पताल नमुना रहेको देखे। अस्पतालको लागी कस्को कति देन हुनुपर्छ कसरी काम गर्नुपर्छ भन्ने यस अस्पतालले देखाएको छ । धुलिखेल अस्पताल यस्तो रुपमा प्रस्तुत हुनसक्नुमा डा. रामकन्ठ माकजुको माया र समर्पणको देन छ भन्ने सुनेको थिएं।अहिले यो अस्पतालमा धेरै डाक्टरहरु, नर्सिङ स्टाफ र अन्य कर्मचारीहरु…
आँखा राम्रो भएपो रङ्ग रमाईलो उमङ्ग आँखा नै नभए संसार अन्धकार
सरस्वती भण्डारी प्राय रङ्गहरुमा बिभिन्न रासायनिक विषाक्त पदार्थहरु मिश्रण गरिएको हुन्छ जसले छाला र आँखालाई नोक्सान गर्नुको साथै अन्य संवेदनशिल अंगमा असर पुर्याउँछन् । बर्सेनि होलीमा आँखाभित्र रंग अबिर गएर वा लोला आदिले चोट लागेर दृष्टिमा क्षति पुगेको घटनाहरु सुनिन्छन । रङ्गहरुको मात्र कुरा नभएर लोलामा बिभिन्न किसिमका ढलको पानी, डढेको मोबिल, ग्रिज जस्ता हानीकारक पदार्थको प्रयोग हुने गर्दछ, यो झनै जोखिमपूर्ण हो । रासायनिक रंग लगायतको उपयोग स्वास्थ्यका लागि सकारात्क मानिँदैन, बजारमा पाइने रंगमा माटो, चुन, सिसा, मर्करी जस्ता विभिन्न रसायन लगायत हानिकारक तत्त्व मिसिएको हुन्छ जसले गर्दा आँखा…
ईन्द्रेणीद्वारा प्रजनन् स्वास्थ्य सम्वन्धि कार्यक्रम सम्पन्न
स्वास्थ्यसमाचार/रुपन्देहीको बुटवलमा महिलाका लागि प्रजनन् स्वास्थ्य सम्वन्धि एक दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम भएको छ । बुटवल सुख्खानगरमा रहेको ईन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो २६ आं स्थापना दिवसको अवसर पारेर महिलाका लागि प्रजन्न स्वास्थ्य सम्वन्धि तालिम तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । तालिममा लुम्विनी प्रादेशिक अस्पतला बुटवलका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर शिला अधिकारी क्षेत्रीले सहजिकरण गरेकि थिईन। ईन्द्रेणीका महिला शेयर सदस्यहरुलाई केन्द्रीत गरेर दिईएको तालिममा महिलाको प्रजन्न स्वास्थ्य अन्तरगत पाठेघरको तथा स्तनको क्यान्सर, आंग खस्ने समस्या, युटिआई लगायतका समस्या र यसको रोकथामका बारेमा डाक्टर क्षेत्रीले सहजिकरण गरेकि…
नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन
स्वास्थ्यसमाचार/ मस्तिस्कघात भई नर्भिक अस्पतालमा उपचार गराईरहेका कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएको छ । अघि बेलुका ८ . २४ बजे उनको निधन भएको अस्पतालले जनाएको छ ।पूर्वमन्त्री समेत रहेका जोशीलाई गत १४ फागुनमा मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा लगि उपचार गरिएको थियो । नर्भिक अस्पतालको विज्ञप्ती कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज शुक्रबार निधन भएको छ ।फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहनुभएका नेता जोशीको आजशुक्रबार साँझ ८ः२४ बजे निधन भएको हो । मष्तिष्कघातपछि उहाँलाई नर्भिक इन्टरनेशनल हस्पिटलको आइसियूमा राखी उपचार गरिएको थियो । भेन्टिलेटरको…