मिति सकिएको औषधीमा नयाँ मिति र मुल्य राखेर विक्री गर्ने तीन पक्राउ

स्वास्थ्यसमाचार/ औषधीमा नयाँ मुल्य राखेर विक्री वितरण गरेको आरोपमा बुटवलमा तीन जना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका वडा नं  ७ दीपनगरमा रहेको बर्तोली प्रिन्टर्सले अवैध रुपमा औषधी तथा पोषणयुक्त सामाग्रिको गोदाम गरेर नयाँ मुल्य राखी विक्रि वितरण गरेको आरोपमा नागार्जुन गाउँपालिका वडा नं २ बैतडीका २८ वर्षीय प्रकाश भण्डारी, सोही गाउँपालिका वडा नं ३ का २३ वर्षीय महेश भण्डारी र दशरथचन्द नगरपालिका वडा नं ११ वैतडीका २६ वर्षीय हरिष भण्डारीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनु भयो ।

अवैध रुपमा विभिन्न प्रकारका प्रशाधन औषधी तथा पोषणयुक्त सामाग्रि गादाम गरी नयाँ मुल्य राख्ने तथा म्याद सकिएको औषधीमा नयाँ मिति राखेर विक्रि वितरण भईरहेको सूचनाको आधारमा प्रहरीले खानतलासी गरेको थियो । त्यसका आधारमा घरकोठामा खानतलासी गर्दा तोकिएको मुल्य भन्दा फरक नयाँ मुल्य कायम गरी लेबल प्रिन्ट गर्दै गरेको अवस्थामा उनीहरुलाई गत शोमबार राती पक्राउ गरिएको प्रनाउ केसीले बताउनु भयो ।

प्रहरीले उनीहरुको साथबाट २ सय कार्टुन बिभिन्न प्रकारका प्रशाधन ९औषधी० तथा पोषणयुक्त सामाग्रीहरु र १ थान प्रिन्टिङ मेसिन बरामद गरेको छ । पक्राउ परेका उनीहरु उपर सार्वजनिक हित स्वास्थ्य सुरक्षा र नैतिकता विरुद्धको कसुरमा थप अनुसन्धान भईरहेको प्रनाउ केसीले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक :