रुद्रवेणी धाममा वृद्धवृद्धाहरुको स्वास्थ्य परिक्षण र औषधी बितरण

स्वास्थ्यसमाचार/  रुद्रवेणी धामका वृद्धवृद्धाहरुको स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी बितरण गरिएको छ। गुल्मीको सत्यवती गाउँपालिका रहेको उक्त शिबिरमा डा.नन्दु पाठक, डा.सुरेश थापा सहितको टोलीले उनीहरुको स्वास्थ्य परिक्षण गरेका थिए।

उक्त शिविरको आयोजना बुटवलका सर्जिकल तथा औषधि व्यवसायी विजय खनाल द्वारा आयोजना गरिएको हो । आयोजकका अनुसार वृद्धवृद्धाहरुका लागिको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी समेत वितरण गरिएको बिजय खनालले बताए ।

उक्त वृद्धाआश्रममा बिगत १४ वर्षदेखि निरन्तर स्वास्थ्य शिविर आयोजना गरेर वृद्धवृद्धाहरुको स्वास्थ्य उपचार र निशुल्क औषधी बितरण गरिदै आएको खनालले बताए।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :