रोट्रयाक्ट क्लव अफ कोटिहवाको आयोजनामा बृहत स्वास्थ्य शिबिर

स्वास्थ्यसमाचार/ रोट्रयाक्ट क्लव अफ कोटिहवाको आयोजनामा कोटिहवामा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। भैरहवाको सिद्धार्थनगर सिटि हस्पिटल प्रा.लिको सहकार्यमा स्वास्थ्य शिविर भएको हो।

शिविरमा सिटि हस्पिटलका जनरल फिजिसियन, हाड जोर्नी तथा नशा, बाल रोग, नाक कान घाँटि, छाला तथा गुप्त रोग, मृगौला रोग बिशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो।शिविरमा २५० बढीले स्वाथ्य परिक्षण गराएको क्लवका अध्यक्ष पुजन बस्यालले जानकारी दिए। शिबिरमा बालबालिका देखि बृद्धबृद्धासम्मले स्वास्थ्य परिक्षण गराएका थिए।

शिविर उद्घाटन गर्दै सिटि हस्पिटलका अध्यक्ष एवं मृगौला रोग बिशेषज्ञ डा. सुवोधकुमार पाण्डेले समय समयमा स्वास्थ्य परीक्षण गर्न सबैलाई आग्रह गरे। उनले बेलैमा रोग पत्ता लगाउन सके उपचार छिटो र सहज हुने भएकाले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए।

उनले रोग लागेर उपचार गर्न जाने आम प्रचलनलाई तोड्दै सके ६/६ महिना नभए एक-एक बर्षमा नियमित रुपमा स्वास्थ्य जाँच गराएर ढुक्क हुन आग्रह गरे। उनले स्वस्थ रहनका लागि खानपानमा ध्यान दिनका साथै योगा तथा व्यायममा समेत ध्यान दिन आग्रह गरे।

कार्यक्रममा पञ्चकन्या समुहका उपमहाप्रबन्धक देवेन्द्र शाहुले रोट्रयाक्ट क्लवले सामाजिक उत्तरदाहित्व अन्तरगत रहेर स्वास्थ्य शिविर राखेर ठुलो मानविय कार्य गरेको उल्लेख गरे। उनले आफ्नो कामका साथसाथै स्वास्थ्यमा पनि बिशेष ध्यान दिन आग्रह गरे।

क्लवका अध्यक्ष पुजन बस्यालको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन कृष्ण खनालले गरेका थिए। कार्यक्रमको सञ्चालन क्वलका उपाध्यक्ष योगेश पराजुलीले गरेका थिए। स्वास्थ्य शिविरको मिडिया पार्टनरको रुपमा खबरपात्रो रहेको थियो।

सम्बन्धित शिर्षक :