ललितपुर–३ मा रास्वपाका डा तोसीमा कार्की पुनः निर्वाचित

स्वास्थ्यसमाचार/ ललितपुर–३ बाट तोसीमा कार्की पुनः प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीले ४३,०९६ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्।

उनकी निकटतम प्रतिद्वन्द्वी जितेन्द्र कुमार श्रेष्ठले ९,०४५ मत प्राप्त गरेका छन्। श्रेष्ठ नेपाली काँग्रेसका उम्मेदवार हुन्।

कार्की यसअघि पनि सोही निर्वाचन क्षेत्र ललितपुर–३ बाट निर्वाचित भएकी थिइन्। उनी सरकारले गठन गरेको मन्त्रिपरिषद्मा स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्।

सम्बन्धित शिर्षक :