स्वास्थ्यसमाचार/ निर्वाचन आयोग मा प्रतिनिधि सभा सदस्य निर्वाचनको खर्च विवरण बुझाउँदै लेखजंग थापा ले आफ्नो चुनावी अभियानमा करिब १६ लाख ८४ हजार ४८० रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्।
रुपन्देही क्षेत्र नम्बर–३ का उम्मेदवार थापाले निर्वाचन निर्देशिकाअनुसार विभिन्न शीर्षकमा भएको खर्चको विवरण जिल्ला निर्वाचन कार्यालयमार्फत आयोगमा बुझाएका हुन्।
बुझाइएको विवरणअनुसार वडा परिचालन खर्च शीर्षकमा करिब ६ लाख ५० हजार रुपैयाँ, प्रचार–प्रसार सामग्रीमा करिब २ लाख ४८ हजार रुपैयाँ, तथा यातायात खर्चमा करिब ३ लाख ३ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
त्यस्तै क्यान्भासिङ तथा परिचालनमा करिब ६० हजार रुपैयाँ, खाना–खाजामा २० हजार रुपैयाँ र अन्य साना प्रशासनिक शीर्षकमा समेत खर्च गरिएको विवरणमा उल्लेख छ।
निर्वाचन आयोगको व्यवस्था अनुसार प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएको निश्चित समयभित्र आफ्नो आय–व्यय विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने प्रावधान रहेको छ।


प्रतिकया दिनुहोस्