समायोजन भएकै स्थानमा गई कामकाज गर्न स्वास्थ्यकर्मीलाई निर्देशन

स्वास्थ्यसमाचार/ समायोजन तथा समायोजन मिलान भई गएका स्वास्थ्यकर्मीलाई सम्बन्धित तह र निकायमा नै हाजिर गराई जिम्मेवारीपूर्वक कामकाजमा खटाउन स्वास्थ्य मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई अनुरोध गरेको छ ।

२०७९ पुस ८ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार मन्त्रालयले यस्तो अनुरोध गरेको हो । दोहोरो सहमतिका आधारमा विभिन्न प्रदेश र स्थानीय तहहरुमा समायोजन र समायोजन मिलान हुँदा स्वीकृत दरबन्दी भन्दा बढी हुन गएका स्वास्थ्यका कर्मचारीलाई स्वास्थ्य मन्त्रालयले तलबभत्ता उपलब्ध गराउने भएको छ ।

समायोजन र समायोजन मिलान हुँदा स्विकृत दरबन्दी भन्दा बढी कर्मचारी हुँदा कर्मचारी फिर्ता पठाइएपछि हाललाई नपुग तलब भत्ता स्वास्थ्य मन्त्रालयले वित्तीय हस्तान्तरण मार्फत बजेट पठाउन लागेको हो ।

कर्मचारी समायोजन ऐन, २०७५ अनुसार स्वास्थ्यमा पनि समायोजन सुरु गरिएको थियो । त्यसपछि समायोजन मिलान सम्बन्धी मापदण्ड, २०७७ तथा स्वास्थ्य सेवाका कर्मचारीहरुको समायोजन मिलान सम्बन्धी व्यवस्था २०७७ बमोजिम दोहोरो सहमतिका आधारमा विभिन्न प्रदेश र स्थानीय तहमा समायोजन र समायोजन मिलान गरिएको थियो ।

हेरौँ सूचनाः

सम्बन्धित शिर्षक :