यौन दुर्व्यवहार गरेको आरोपमा शिवराज आधारभूत अस्पतालका प्रमुख सहित २ जना पक्राउ

स्वास्थ्यसमाचार/कपिलवस्तुमा महिला कर्मचारीमाथि बलात्कारको प्रयास गर्ने स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ परेका छन् ।

शिवराज नगरपालिकाले संचालन गरेको आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका– ३ बस्ने भुवन पाण्डेलाई पक्राउ परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजगं मल्लले जानकारी दिए ।

उनीहरुले साउन १२ गते राति डिउटीमा खटिएका महिला कर्मचारी माथि मदिरा सेवन गरी बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीमा उजुरी परे पछि आरोपित दुबै जना फरार भएका थिए । फरार रहेका आरोपीलाई लुकेर बसेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका आरोपितहरुलाई आजै म्याद थप गरि कानुनी प्रक्रिया आगाडी बढाइने वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक मल्लले बताए । नगरपालिकाले प्रहरीमा उजुरी परेसँगै स्वास्थ्य प्रमुख पौडेललाई जिम्मेवारीबाट हटाएको थियो । उनलाई नगरपालिकाले साउन २ गते मात्रै जिम्मेवारी दिएको थियो ।

सम्बन्धित शिर्षक :