लुम्बिनीको स्वास्थ्य विधेयक प्रदेश प्रमुख शेरचनद्वारा प्रमाणिकरण

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशको स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश प्रमुख अमिक शेरचनले प्रमाणिकरण गर्नुभएको छ ।

मंगलबार प्रदेश प्रमुख शेरचनले लुम्बिनी प्रदेश सभा बैठकबाट पारित उक्त विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयले एक सूचना जारी गर्दै उक्त बिधेयक प्रमाणिकरण भएको जानकारी दिएको हो । उक्त बिधेयक लुम्बिनी प्रदेश सरकारले सोमबार प्रदेश प्रमुखलाई प्रमाणिकरणको लागि पेश गरेको थियो ।

सम्बन्धित शिर्षक :