लुम्बिनी प्रदेशका १३ अस्पताल विकास समितिको अध्यक्ष नियुक्त

लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जिवन वझा नियुक्त

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति अध्यक्षलाई मनोनित गरिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार १३ वटै अस्पताल विकास समितिको अध्यक्षमा मनोनित गरिएको शाखा अधिकृत अमरबहादुर वलीले बताए । उनका अनुसार दुईवटा प्रादेशिक अस्पताल र ११ वटा जिल्ला अस्पतालको विकास समिति अध्यक्ष टुंगो लगाइएको हो ।

दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बबई गाउँपालिका ४ निवासी दीपक शाह र लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन प्रसाद श्रेष्ठलाई मनोनित गरिएको हो । त्यस्तै प्यूठान अस्पतालको अध्यक्षमा सुवास केसी, रोल्पा अस्पतालमा शेरबहादुर थापा, गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्याम कान्त खनाल, अर्घाखाँची अस्पतालमा लिलाधर बस्याललाई अध्यक्षमा मनोनित गरिएको छ ।

त्यस्तै कपिलवस्तु अस्पतालमा शिवलाल यादव, भिम अस्पताल भैरहवामा डा अनन्त कुमार शर्मा, पाल्पा अस्पतालमा चोपलाल गिरी, रुकुमपूर्व अस्पतालमा सुनिलकुमार रोका, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा दुलारी हरिजनलाई मनोनित गरिएको हो ।

सम्बन्धित शिर्षक :