लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा जीवन वझा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको अस्पताल विकास समितिको अध्यक्षमा समाजसेवी जीवनप्रसाद वझा मनोनित हुनु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. ४ निवासी वझालाई लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयन गरेको हो ।

अस्पताल विकास समिति गठन तथा सञ्चालन नियमावली २०८० को नियम ३ उपनियम १ को खण्ड (क) बमोजिम मन्त्रालयको २०८० कात्तिक २३ गते अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरिएको हो ।

सम्बन्धित शिर्षक :