स्व.समाजसेवी युवा पदमलालको स्मृतीमा गुल्मीमा वृहत रक्तदान

गोकर्ण ज्ञवाली(प्रकास) । रुपन्देही ।

गुल्मीमा यही कात्तीक २८ गते वृहत रक्तदान कार्यक्रमको आयोजना हुने भएको छ ।
स्व. समाजसेवी युवा पदमलाल श्रेष्ठको स्मृतीमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

स्व.युवा श्रेष्ठ गुल्मीको रुरुक्षेत्र गाऊँपालीकाको एक उर्जावान्, जुझारु तथा कर्मठ सामाजिक योद्धाको रुपमा चिनिन्थें । उनी स्थानीय रेडियो श्रृगेश्वर एफएमका संस्थापक सदस्य पनि थिए ।

रक्तदान कार्यक्रम २०८० कात्तीक २८ गते मंगलवार विहान १० बजेदेखी नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सहकार्यमा बलेटक्सार बजारमा हुने आयोजक संस्था अनेरास्ववीयु गुल्मी १ कमिटिले जानकारी गराएको छ ।

जण्डिस तथा निमोनियाबाट ग्रस्त श्रेष्ठको उपचारका क्रममा यही कात्तिक १६ गते निधन भएको थियो ।

सम्बन्धित शिर्षक :