एएचएफ नेपालको छ महिनामा सम्पन्न गरिएका कामको समिक्षा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा एच आइ भी र एड्सको रोकथाम, परीक्षण, उपचार र हेरचाहका लागि सुरु भएको परियोजना एएचएफ नेपालको छ महिनाको कार्यक्रमको समिक्षा गरेको छ।परियोजनाले आगामी कार्यदिशा तय गर्दा आउने समस्या तथा रोडम्यापका वारेमा पनि छलफल गरिएको थियो।

कार्यक्रममा एएचएफ नेपाल लुम्बिनी प्रदेश का कार्यक्रम संयोजक धर्मराज भट्टराइले सन् २०२२ नोभेम्बर ११ देखि सन् २०२७ लागू भएको परियोजनाको ६ महिनामा भएको काम र आगामी दिनमा गरिने कामको बारेमा जानकारी गराउनु भयो।

परियोजनाले नेपाल सरकारलाई दिगो विकास लक्ष्य तथा राष्ट्रिय एचआईभी रणनीति योजना २०२१/२०२६ ले परिकल्पना नयाँ एचआईभी संक्रमण रोकथाम गर्ने, संक्रमितको स्वास्थ्यमा सुधार ल्याउने, एचआईभी संक्रमण न्युनिकरण ल्याउने लक्ष्य लिएको र त्यही अनुसार काम गरेको भट्टराइले बताउनु भयो।

उहाँले आफुहरुले गरेको काम लक्षित बर्ग, ए एच एफ र अन्य सरोकारवालाहरुलाई मासिक, चौमासिक,अर्धवार्षिक र बार्षिक रुपमा पुर्व निर्धारित माध्यमहरु मार्फत प्रगति विवरण समेत उपलब्ध गराउने बताउनु भयो।

भट्टराइले लुम्बिनी प्रादेशिक अस्पतालको एआरटीबाट नियमित औषधी सेवन गर्ने १५सय ४५ मध्ये पुरुष ७सय ७७ महिला ७४८ तेश्रो लिड्गी २० रहेका छन। भने असोजमा भएको एचआईभी परिक्षण मा १३सय ५६ मध्ये ११ जना एच आइ भी पोजेटिभ पाइनेको, भिरङ्गी परिक्षण ११ जना रहेको बताउनु भयो।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सुदर्शन थापा क्षेत्रीले अस्पतालमा एआरटी सेवा थप गुणस्तरीय रहेकोे र सेवाग्राहीले लाभ भएको बताउनु भयो । उहाले काठमाण्डौ पछि सेवा अब्बल बुटबलमा रहेको बताउनु भयो।

कार्यक्रममा बुटबल उपमहानगरपालिका स्वास्थ्य संयोजक युवराज पाण्डेयले संक्रमितको एएचएफ नेपालले उदाहरणीय काम गरेको बताउनु भयो। बुटबलले पनि संक्रमित बालबालिकाका भत्ताको ब्यबस्था गरेको बताउनु भयो।

ओमसतिया गाउँपालिका स्वास्थ्य संयोजक राम प्रसाद ढकालले सबैको सहयोगले मात्र सरकारले लिएको लक्ष्य पुरा गर्न सकिने बताउनु भयो।उहाँले पालिकाले संस्थाहरु संग समान्य गरेअघि बढने बताउनु भयो।

कार्यक्रममा एचआइभी एड्सका क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको सञ्चालन लुम्बिनी प्रादेशिक अस्पताल एआरटी फोकल पर्सन भिम ज्ञावालीले गर्नु भएको थियो।

सम्बन्धित शिर्षक :