लुम्बिनी प्रादेशिक अस्पतालमा कुष्ठरोगको बायोप्सी परीक्षण हुने

फेयरमेड फाउन्डेसन र ईन्द्रेणी ग्रामिण बिकास केन्द्रद्धारा उपकरण हस्तान्तरण

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा ल्याप्रोसी को बायोप्सी परिक्षण हुने भएको छ।
लुम्बिनी प्रदेश भित्रका सरकारी अस्पतालमा यो सेवा पहिलो भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालले बताउनु भयो।

आज अस्पतालमा फेयरमेड फाउन्डेसन नेपाल र ईन्द्रेणी ग्रामिण बिकास केन्द्रले ल्याप्रोसी को बायोप्सी परिक्षण गर्ने उपकरण हस्तान्तरण गरेपछि अस्पतालमा यो सेवा संञ्चालनमा आएको ढकालले बताउनु भयो।

संस्थाले छालाको लागी बायोप्सी परिक्षण गर्ने उपकरण बायोप्सी नमुना कन्टेनर र माईक्रोस्कोप लगायका उपकरण हस्तान्तरण गरिएको संस्थाका कार्यकारी निर्देशक प्रदिप शाहले बताउनु भयो। साझेदारीमा संञ्चालित आधारभुत स्वास्थ्य परियोजना वाट लुम्बिनी प्रादेशिक अस्पतालमा उपकरण हस्तान्तरण गरिएको उहाले बताउनु भयो।

अस्पतालका मेसु डा ईन्द्र ढकाल,लाई संस्थाका अध्यक्ष महेन्द्र पान्डेयले उपकरण हस्तान्तरण गर्नु भएको थियो ।उक्त कार्यक्रममा बोल्दै मेसु ढकालले सहयोगको लागी धन्यबाद दिदै निरन्त सहयोगको लागी आग्रह गर्नु भयो ।

उहाले भन्नुभयो लुम्बिनी प्रादेशीक अस्पतालमा नयाँ थप सेवा बिस्तार हुदै गएको र यसक्षेत्रमा नभएका सेवा थप गर्दे जाने बताउनु भयो। ईन्द्रेणी ग्रामिण बिकास केन्द्रका अध्यक्ष महेन्द्र पान्डेले पनि उपकरण संगै अन्य आबश्यक सहयोगको लागी पनि संस्थाले निरन्तर सहयोग गर्ने बताउनु भयो ।

उहाले अस्पतालमा अरु सेवा बिस्तारमा पनि हातेमालो गर्ने बताउनु भयो। उपकरण हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका छाला रोग बिषेशज्ञ डा कमल अर्चाय,प्रशासनका नासु चिरञ्जीबी घिमिरे स्टोर प्रमुख बबिता बजिमय र संस्थाका तर्फबाट शशि कुमार कर्ण,बिष्णु ज्ञाबली बिबेक ज्ञाबली,तुल्सीराम खनाल र राजु शाह लगायको सहभागी रहेको थियो।

संस्थाले करिब २ लाख ५० हजार बराबरको उपकरण उपलब्ध गराएको संस्थाका प्रशाशन लेखा प्रमुख राजु शाहले बताउनु भयो।

सम्बन्धित शिर्षक :