स्वास्थ्य समूहका ११ जना कर्मचारी १०औँ तहबाट ११औँ तहमा बढुवा

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ जनालाई १०औँ तहबाट ११औँ तहमा बढुवाका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रालयको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ।

मन्त्रालय स्रोतका अनुसार बढुवा हुनेमा ९ जना विशेषज्ञ चिकित्सक हुनुहुन्छ । एक जना नर्सिङ प्रशासक र एक जना ल्याब टेक्निसियन हुनुहुन्छ।

उहाँहरूको औपचारिक बढुवा भने अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।

१०औँ तहबाट ११औँ तहमा बढुवा हुनेहरूको सूची

डा.विजय थापा प्रमुख कन्सल्टेन्ट, पेडियाट्रिक सर्जन
डा.लिपा बैद्य, प्रमुख कन्सल्टेन्ट, साइक्याट्रिस्ट
डा.सुरेश थापा, प्रमुख कन्सल्टेन्ट, साइक्याट्रिस्ट
डा.शैलेश थापा, प्रमुख कन्सल्टेन्ट, पेडियाट्रिक, सर्जन
डा.प्रशान्त खतिवडा, प्रमुख कन्सल्टेन्टरेडियोलोजिस्ट
डा.विक्रम बुढाथोकी, प्रमुख कन्सल्टेन्ट, इएनटी सर्जन
डा.रेश्मा श्रेष्ठ, प्रमुख कन्सल्टेन्ट, एनेस्थेसिया,
डा.निमर्ला लक्ष्मी श्रेष्ठ प्रमुख कन्सल्टेन्ट गाइनोलोजिस्ट
डा.प्रमोद कुमार कोइराला, डेन्टल सर्जन
हिराकुमारी निरौला, प्रमुख अस्पताल नर्सिङ प्रशासक
श्रवण कुमार मिश्र, प्रमुख मेडिसिन, ल्याब टेक्नोलोजिस्ट

 

सम्बन्धित शिर्षक :