तिलोत्तमा ९मिलिजुली टोलमा स्वास्थ्य समन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार/ आयुर्वेद जीवनशैली र उपचार, स्वस्थ र दीर्घायु जीवनको आधार भन्ने नाराका साथ रक्षा आयुर्वेदिक औषधालय र राष्ट्रिय आयुर्वेद एशोसियसन नेपालको संयुक्त आयोजनामा एक दिने जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ।
तिलोत्तमा नगरपालिका वाड नं ९मंगलापुर मिलिजुली टोलमा भएको एक दिने शिबिरमा ६० जना भन्दा बढीको कार्यक्रममा बिभिन्न रोगको वारेमा जानकारी गराईएको थियो।

टोल बिकास समितीका अध्यक्ष बाबुराम रेग्मीे अध्यक्षामा भएको कार्यक्रममा स्थानिय समाजसेवी नरबहादुर श्रीसले टोलसमितीको सक्रियतामा भएको जनचेतना मुलक कार्यक्रममा आयुर्वेद स्वास्थ्यकर्मी शालिकराम भुसाल लगायले महिलाहरुलाई स्वास्थ्यसमन्धी जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा दिनचर्या, सरसफाईका उपायहरु, खानपान शैली, रोग प्रतिरोध क्षमताको वृद्धिका उपाय, समान्य लक्षणको उपचार, अनिद्रा आएमा केगर्ने लगायतका विषयमा विभिन्न सहभागीहरुलाई प्रशिक्षण गरिएको थियो। ।उक्त कार्यक्रममा पायल्स हाडजोर्नी र छाला सम्न्धी रोग बढी देखिएकोे स्वास्थ्यकर्मी भुसालले बताए ।

सम्बन्धित शिर्षक :