छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयमसेबिकालाई पेन्सन दिने

स्वास्थ्यसमाचार / छत्रकोट गाउँपालिकाले अनिवार्य अवकास पाउने महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकालाई पेन्सन दिने भएको छ ।

६० बर्ष उमेर पुगी अनिवार्य अवकास पाउने स्वयमसेबिकालाई मासिक १ हजार र ५ बर्ष सेवा गरि कारणबस अवकास लिनेलाई योगदानको सम्मन स्वरुप एकमुष्ठ रु १० हजार दिने छ । स्वास्थ्य शाखाले वडा नं. ६ दौघामा आयोजना गरेको महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाको अनतरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले यस्तो घोषणा गर्नु भएको हो ।

कार्यक्रममा सबै वडाका स्वयमसेबिका जनप्रतिनिधी स्थानिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । अनतरक्रियामा महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाको कामको प्रभाबकारिता र आगामी दिनमा गरिने क्रियाकलापको बारेमा छलफल गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले गर्नु भएको थियो ।कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत बीर बहादुर पुन बिशिष्ठ अतिथी हुनु हुन्थ्यो ।कार्यक्रममा नर्मदा सुर्यबंसीले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा कार्यक्रममा वडा अध्यक्ष नारायण रेस्मी, पूर्व उपाध्यक्ष नर्मदा भण्डारी, गुल्मीदरबार गाउपालिका स्वास्थ्य साखा प्रमुख नारायण अर्याल, छत्रकोट गाउँपालिकाको पूर्व स्वास्थ्य साखा प्रमुख पुण्य प्रसाद पौड्याल, स्वास्थ्य स्वयमसेबिकाहरु गिता भण्डारी, पबित्रा काफ्ले,लक्ष्मि कडेल, लक्ष्मि अर्याल , गंगा बलाल, लिला थापा लगायतले सुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रम तारा झेडी कुंवरले संचालन गर्नु भएको थियो ।

सम्बन्धित शिर्षक :