भेरी अस्पतालले थाल्यो जाजरकोट भूकम्पका घाइतेको उपचार

स्वास्थ्यसमाचार/जाजरकोट भूकम्पका घाइतेहरूको भेरी अस्पताल नेपालगन्ज उपचार शुरु भएको छ । अस्पतालमा पहिलो घाइते भेरी नपा ३ खलंगा , जाजरकोट निवासी विमलकुमार कार्कीको खुट्टा भाँचिएको अवस्थामा एम्बुलेन्समार्फत आइपुगेको अस्पतालले जनाएको छ । उनको उपचार शुरु भएको छ ।

भेरी अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा विकास गरि सवै घाइतेलाई एकीकृत सेवा दिने प्रबन्ध मिलाएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले  बताए ।

यसैगरी आवश्यक व्यवस्थापकीय निर्णयहरू गर्न अहिले १० बजे जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आकस्मिक बैठकसमेत बस्दैछ ।

सम्बन्धित शिर्षक :