लुम्बिनी प्रादेशिक अस्पताल: ११५ वर्षको यात्रा, १२०० शैय्यामा विस्तार

स्वास्थ्यमाचार /बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल सुरु भएको एक सय १५ वर्ष पूरा भएको छ । यस अवसरमा अस्पतालले विभिन्न थप सेवा प्रदान गर्ने भएको छ ।

अस्पतालले १ सय १५ वर्ष प्रवेशको अवसरमा बिहीबार विशेष समारोह आयोजना गरेर विभिन्न विशेषज्ञ सेवा सुरु गरेको छ । विसं १९ सय ६७ सालमा ६ शैय्याबाट सुरु भएको अस्पतालमा अहिले १ हजार २ सय शैय्या पु¥याइएको छ । जुन निमार्ण हुदै छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार आईसीयूको संख्या बढाएर ४० पु¥याइएको छ । ४९ शैय्याको सुविधा सम्पन्न क्याबिन र ५० शैय्याको मेडिकल वार्ड विस्तार भएको छ ।

अस्पतालमा लुम्बिनी प्रदेशसहित गण्डकी प्रदेशका पहाडी जिल्लाबाट समेत उपचारका लागि दैनिक एक हजार २ सय बिरामी आउने गरेका छन् । बिरामीको सुविधाका लागि बस्ने, सुत्ने, कुर्नेदेखि परीक्षण गराउने स्थल र उपकरण सुधारिएका छन् ।अस्पतालमा ८ सय ५० कर्मचारी कार्यरत रहेको अस्पतालले जनाएको छ ।

अस्पताल परिसरभित्र सफा र स्वच्छ खानेपानी र शौचालय समेत बनाइएको छ । प्रदेश सरकारले विशेषज्ञ अस्पतालको रुपमा विकास गर्न भन्दै प्रदेश गौरवको आयोजना अन्तर्गत अस्पतालको गुरुयोजना अनुसारको भबन निमार्ण कार्य सुरु भएको छ । भबनको अहिले सम्म १५ प्रतिशत काम भएको छ ।

६ अर्ब लागतको गुरुयोजनामा १० तले अत्याधुनिक भवन गरिएको छ । स्थान र सुविधाका हिसाबले १० तले हेलीप्याडको सुविधासहितको अस्पताल भवन बनाउने प्रक्रिया अगाडि बढेको बताइएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालले ११५ औं वार्षिकोत्सव स्वास्थ्यमन्त्री सारुले उदघाटन गर्ने कार्यक्रम रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले जानकारी गराउनु भयो ।

 

सम्बन्धित शिर्षक :