स्वास्थ्यसमाचार /नेपाल स्वास्थ्य प्राबिधिक संघको ४५औ स्थापना दिबशको अबसरमा लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान गरिएको छ। नेपाल नेपाल स्वास्थ्य प्राबिधिक संघका रुपन्देहीको आयोजनामा रक्तदान गरिएको हो। प्राबिधिक संघका केन्द्रिय सचिब राधा आचार्यको प्रमुख आतिथ्य जिल्ला अध्यक्ष ईश्वरी पौडेको अध्यक्षता संघका उपाध्यक्ष शिद्धार्थ आचार्यको स्वागतमा भएको रक्तदान कार्यक्रममा संघका केन्द्रिय सचिब अमृत भुसाल र पुर्व महासचिब भाष्कर आत्रेयले शुभकामना ब्यक्त गर्नु भएको थियो। उक्त अबसरमा ४५ जनाले रक्तदान गर्नु भएको संघका उपाध्यक्ष शिद्धार्थ आचार्यले बताउनु भयो।
रक्तदान
स्वास्थ्य निर्देशनालय खारेज गर्ने निर्णय सच्चाउ :मेलान(MELAN) लुम्बिनी
स्वास्थ्यसमाचार/ मेडिकल ल्यावोरेटोरी एशोसिएशन अफ नेपाल लुम्बिनी स्वास्थ्य निर्देशनालय हटाउने निर्णय गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्य क्षेत्र एउटा गम्भिर विषय हो । जनता स्वस्थ भएर बाँच्न पाउनु पर्छ । जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउने राज्यको दायित्व हो । संघिय संरचनामा राज्य प्रबेश गरिसकेपछि यस प्रदेशमा स्वास्थ्य क्षेत्र हेर्ने छुट्टै मन्त्रालय हुनुपर्छ भन्ने महत्वपूर्ण सोचका साथ यस प्रदेशमा स्वास्थ्य मन्त्रालय स्थापना भएको सर्बविदितै छ । स्वास्थ्य मन्त्रालयले नीतिगत व्यवस्था गर्ने र यसकै मातहतमा निर्देशनालय मार्फत कार्यान्वयन गराउने अत्यन्त राम्रो अभ्यास रहदा रहदै अन्य मन्त्रालय अन्तर्गत निर्देशनालय सरह…
स्वास्थ्यकर्मी संघको स्थापना दिवसमा रक्तदान १०३ युनिट रगत संकलन
स्वास्थ्यसमाचार नेपाल स्वास्थ्यकर्मी संघको ३२ औं स्थापना दिवसका अवसरमा लुम्बिनी प्रादेशिक अस्पताले रक्तदान गरिएको छ। स्वास्थ्यकर्मी संघ रुपन्देहीको आयोजनामा रक्तदान गरिएको हो। कोरोना संक्रमणको महामारीमा अन्य रोगका विरामीहरू बिरामीलाई रगतको आवश्यकता पर्ने हुँदा दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको नेपाल स्वास्थ्य कर्मि संघ लुम्बिनीका ईकाई अध्यक्ष भिम ज्ञाबलीले बताउनु भयो। उहाले ‘अहिले कोरोना संक्रमणको समयमा अन्य विरामीले झनै दुख तथा रगतको अभाव भोगिरहेका छन। रगतको कुनै कमी नहोस भनेर पनि यो अवसर पारी रक्त दान गरेको हो,’ ज्ञाबलीले भन्नु भयोे। रक्तदान कार्यक्रममा एक सय तीन (१०३) जनाले रक्तदान गरि १०३ युनिट…
प्रेस युनियनको ३२औं स्थापना दिवसः रुपन्देहीमा रक्तदान
गोकर्ण ज्ञवाली ‘प्रकास’ । जेठ १२, बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीले युनियनको ३२औं स्थापना दिवस रक्तदान कार्यक्रमसंगै मनाउन लागेको छ । रक्तदान कार्यक्रम जेठ १३ गते शनिवार रक्तसंचार सेवा केन्द्र(ब्लडबैंक) बुटवलमा आयोजना गरेको युनियन सभापति कविन्द्र नेपालले जानकारी गराउनू भएको छ । रक्तदान विहान आठबजेदेखि शुरु हुने कार्यक्रम संयोजक कल्पना शर्माले जानकारी गराउनूभएको छ । उहाँले रक्तदान कार्यक्रममा युनियनक्रमीसंगै शुभेच्छुक, सबैलाई सहभागीताको लागी अनूरोध पनि गर्नूभएको छ । नेपाल प्रेस युनियन केन्द्रिय समितिले जेठ १२ देखि १४ गतेसम्म विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउनका लागि सबै जिल्ला तथा प्रतिष्ठान…
स्वयंसेवी रक्तदाता समाजको अध्यक्षमा कर्माचार्य,महासचिवमा चौहान
स्वास्थ्यसमाचार/ नेपाल स्वयमसेवी रक्तदाता समाजको अध्यक्षमा पुनस् प्रेमसागर कर्माचार्य निर्विरोध निर्वाचित हुनु भएको छ । समाजको शनिबार बुटवलमा सम्पन्न चौथो महाधिवेशनले कर्माचार्यको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा ध्रुव थपलिया चितवन, महासचिवमा कृष्ण चौहान क्षेत्री ( रुपन्देही ), सचिवमा तिर्थराज अवस्थी ( कास्की) र कोषाध्यक्षमा प्रतिमा लामा (रसुवा)निर्वाचित हुनु भएको छ । त्यस्तै नवनिर्वाचित केन्द्रीय कार्यसमितिको सदस्यहरुमा विमलकुमार भित्रकोटी, धर्मराज लुइटेल, प्रेमप्रसाद लम्साल, मनु लामा, प्रवासकुमार शाक्य, सुशिल घर्ती, गोविन्द वाग्ले, भिम विक, रामबहादुर खड्का, भेषराज पाण्डे, ध्रुव रुपाखेती र गुञ्जनकुमार गुप्ता रहनु भएको छ…
निःशुल्क दान गरेको रगतलाई पैसामा बेच्नु गलत :प्रदेश प्रमुख शेरचन
स्वास्थ्यसमाचार/ लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले रगत निस्शुल्क हुनुपर्ने बताउनु भएको छ । उहाँले रगतमा मूल्य लिनु गलत भएको पनि बताउनु भयो । सर्वसाधारणले निस्शुल्क दान गरेको रगत निस्शुल्क प्राप्त गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । नेपाल स्वयमसेवी रक्तदाता समाजको चौथो राष्ट्रिय महाधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै निःशुल्क रगतलाई पैसा कमाउने रुपमा विकास हुनु गलत भएको बताउनु भयो । त्यसै अवसरमा यहाँले “हाम्रो रगत” पुस्तक बिमोचन र “हाम्रो रगत” गित सार्वजनिक गर्नुभयो । कार्यक्रममा बोल्दै समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले प्रत्येक स्वस्थ्य ब्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व तथा…
नेविसघं रुपन्देहीद्धारा रक्तदान १ सय १७ प्वाईन्ट रगत संकलन
स्वास्थ्यसमाचार /नेपाल बिद्यार्थी सघं रुपन्देहीले बुुधवार भैरहवामा रक्तदान गरेको छ । नेविसंघको ५४ औ स्थापना दिवसको अवसर पारेर रक्तदान गरीएको हो । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय भैरहवामा आयोजित कार्यक्रममा १ सय १७ प्वाईन्ट रगत संकलन भएको छ । बिद्यार्थी तथा तरुण युवाहरुले रक्तदान गरेका थिए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गंगा शाहिले बिद्यार्थी र युवाहरुमा देखीएको समाज सेवाको भावले आफुलाई उत्साहित गरेको बताईन । उनले मानव सेवाको सवैभन्दा ठुलो कामनै रगत दान भएको उल्लेख गर्दै आगामी दिनहरुमा पनि सामाजीक कामलाई निरन्तरता दिन आग्रह गरीन । नेपाली कांग्रेस…
राष्ट्रिय आयुर्वेद संघ नेपालले चैत्र २ गते बुटबलमा बृहत रक्तदान गर्ने
स्वास्थ्यसमाचार/ कसैको जीवन बचाउनु पुण्य कार्य हो रक्तदान गर्नुनै जीवनदान गर्नुसरह हो । भन्ने नाराका साथ राष्ट्रिय आयुर्वेद संघ नेपाल (रान)ले रक्तदान गर्ने भएको छ। राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल लुम्बिनी प्रदेश र रूपन्देही जिल्लाको संयुक्त आयोजनामा यहि चैत्र २ गते बुटबलको लुम्बिनी आयुर्वेद अस्पतालमा रक्तदान रक्तदान गर्ने भएको संघका उपाध्यक्ष शालिकराम भुसालले बताउनु भयो। चैत्र २ गते बिहीबार बिहान ७ः३० देखि सुरु हुने रक्तदानमा सहभागी भै रक्तदान गर्न आग्रह गर्नु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान,११३ पिन्ट रगत संकलन
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्थापना दिवस तथा लुम्बिनी प्रादेशिक अस्पतालको ११३ औ वार्षिकोत्सव समारोहको पुर्वसन्ध्यामा रक्तदान गरिएको छ। रक्तदानको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालले ब्लड ब्याग हस्तान्तण गरेर रक्तदान शुभराम्भ गर्नु भएको थियो ।अस्पतालका मेसु, चिकित्सक, नर्स, पारामडिक्स बिभागिय प्रमुख ,सहयोगी कर्मचारी गरि१सय १३ जना रक्तदान गरेका थिए। रक्तदान कार्यक्रमको संयोजन अस्पताल मानबहादुर श्रेष्ठ र सत्यराज शाक्यले गर्नु भएको थियो। रक्तदानकार्यक्रम मा ११३ पिन्ट रगत संकलन भएको शाक्यले बताउनु भयो।
तिलोत्तमामा रगत तथा रक्त तत्त्व चेक जाचमा लाग्ने सेवा शुल्क नि:शुल्क
स्वास्थ्यसमाचार/ तिलोत्तमाका बासिन्दाका लागि रगत सम्बन्धी सबै सेवा निशुल्क हुने भएको छ । तिलोत्तमा नगरपालिका र रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी तिलोत्तमा नगरभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरुमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो । रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निशुल्क उपलब्ध गराउनेबारे तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँड र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदासका बीचमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । तिलोत्तमा नगरपालिका र रेडक्रस सोसाइटीका बीचमा आवश्यक रगत पर्याप्त उपलब्ध गराउन सहकार्य गर्ने, शिविरहरु सञ्चालन गर्ने र रक्तदानका लागि उत्प्रेरित गर्ने गरी…