स्वास्थ्यसमाचार/ लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले रगत निस्शुल्क हुनुपर्ने बताउनु भएको छ । उहाँले रगतमा मूल्य लिनु गलत भएको पनि बताउनु भयो । सर्वसाधारणले निस्शुल्क दान गरेको रगत निस्शुल्क प्राप्त गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । नेपाल स्वयमसेवी रक्तदाता समाजको चौथो राष्ट्रिय महाधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै निःशुल्क रगतलाई पैसा कमाउने रुपमा विकास हुनु गलत भएको बताउनु भयो । त्यसै अवसरमा यहाँले “हाम्रो रगत” पुस्तक बिमोचन र “हाम्रो रगत” गित सार्वजनिक गर्नुभयो । कार्यक्रममा बोल्दै समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले प्रत्येक स्वस्थ्य ब्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व तथा…
रक्तदान
नेविसघं रुपन्देहीद्धारा रक्तदान १ सय १७ प्वाईन्ट रगत संकलन
स्वास्थ्यसमाचार /नेपाल बिद्यार्थी सघं रुपन्देहीले बुुधवार भैरहवामा रक्तदान गरेको छ । नेविसंघको ५४ औ स्थापना दिवसको अवसर पारेर रक्तदान गरीएको हो । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय भैरहवामा आयोजित कार्यक्रममा १ सय १७ प्वाईन्ट रगत संकलन भएको छ । बिद्यार्थी तथा तरुण युवाहरुले रक्तदान गरेका थिए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गंगा शाहिले बिद्यार्थी र युवाहरुमा देखीएको समाज सेवाको भावले आफुलाई उत्साहित गरेको बताईन । उनले मानव सेवाको सवैभन्दा ठुलो कामनै रगत दान भएको उल्लेख गर्दै आगामी दिनहरुमा पनि सामाजीक कामलाई निरन्तरता दिन आग्रह गरीन । नेपाली कांग्रेस…
राष्ट्रिय आयुर्वेद संघ नेपालले चैत्र २ गते बुटबलमा बृहत रक्तदान गर्ने
स्वास्थ्यसमाचार/ कसैको जीवन बचाउनु पुण्य कार्य हो रक्तदान गर्नुनै जीवनदान गर्नुसरह हो । भन्ने नाराका साथ राष्ट्रिय आयुर्वेद संघ नेपाल (रान)ले रक्तदान गर्ने भएको छ। राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल लुम्बिनी प्रदेश र रूपन्देही जिल्लाको संयुक्त आयोजनामा यहि चैत्र २ गते बुटबलको लुम्बिनी आयुर्वेद अस्पतालमा रक्तदान रक्तदान गर्ने भएको संघका उपाध्यक्ष शालिकराम भुसालले बताउनु भयो। चैत्र २ गते बिहीबार बिहान ७ः३० देखि सुरु हुने रक्तदानमा सहभागी भै रक्तदान गर्न आग्रह गर्नु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान,११३ पिन्ट रगत संकलन
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्थापना दिवस तथा लुम्बिनी प्रादेशिक अस्पतालको ११३ औ वार्षिकोत्सव समारोहको पुर्वसन्ध्यामा रक्तदान गरिएको छ। रक्तदानको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालले ब्लड ब्याग हस्तान्तण गरेर रक्तदान शुभराम्भ गर्नु भएको थियो ।अस्पतालका मेसु, चिकित्सक, नर्स, पारामडिक्स बिभागिय प्रमुख ,सहयोगी कर्मचारी गरि१सय १३ जना रक्तदान गरेका थिए। रक्तदान कार्यक्रमको संयोजन अस्पताल मानबहादुर श्रेष्ठ र सत्यराज शाक्यले गर्नु भएको थियो। रक्तदानकार्यक्रम मा ११३ पिन्ट रगत संकलन भएको शाक्यले बताउनु भयो।
तिलोत्तमामा रगत तथा रक्त तत्त्व चेक जाचमा लाग्ने सेवा शुल्क नि:शुल्क
स्वास्थ्यसमाचार/ तिलोत्तमाका बासिन्दाका लागि रगत सम्बन्धी सबै सेवा निशुल्क हुने भएको छ । तिलोत्तमा नगरपालिका र रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी तिलोत्तमा नगरभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरुमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो । रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निशुल्क उपलब्ध गराउनेबारे तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँड र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदासका बीचमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । तिलोत्तमा नगरपालिका र रेडक्रस सोसाइटीका बीचमा आवश्यक रगत पर्याप्त उपलब्ध गराउन सहकार्य गर्ने, शिविरहरु सञ्चालन गर्ने र रक्तदानका लागि उत्प्रेरित गर्ने गरी…
बुटवलको ६४ औं स्थापना दिवसमा रक्तदान ६४ पिन्ट रगत संकलन
स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाको ६४औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु भएका छन् । स्थापना दिवसको अवसर पारेर शुक्रबारदेखि एक सातासम्म रक्तदान, मैत्रीपूर्ण फुटबल, भलिबल, टेबलटेनिस, घैटोफोर, कुर्ची दौड प्रतियोगितालगायतका कार्यक्रम शुरु भएका हुन् । शुक्रबार बिहान नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाइ समितिको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख खेलराज पाण्डेयले स्थापना दिवसको अवसरमा कर्मचारी एशोसिएशनको आयोजनामा खेलकुद कार्यक्रमहरु हुने र फागुन ३ गते मूल कार्यक्रम आयोजना हुने बताउनुभयो । उहाँले मैत्रीपूर्ण खेलकुद कार्यक्रमहरुले मैत्रीपूर्ण भाव सिर्जना गर्ने र सम्बन्ध बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो…
बुटवलका बासिन्दा लाई रगतसम्बन्धी सबै सेवा नि:शुल्क
स्वास्थ्यसमाचार/ बुटवलका बासिन्दाका लागि रगत सम्बन्धी सबै सेवा निशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरुमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो । रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निशुल्क उपलब्ध गराउनेबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदासका बीचमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बुटवल उपमहानगर र रेडक्रस सोसाइटीका बीचमा आवश्यक रगत पर्याप्त उपलब्ध गराउन सहकार्य गर्ने, शिविरहरु सञ्चालन गर्ने र रक्तदानका लागि उत्प्रेरित गर्ने गरी सचेतना कार्यक्रमहरु…
गैडहवाका बिरामीले पाउने भए नि: शुल्क रगत
स्वास्थ्यसमाचार/ रुपन्देहीको गैडहवा गाउपालिकामा नागरिकलाई बुधबार देखि नि शुल्क रगत उपलब्ध गराउने गरि सम्झौता भएको गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले बताउनु भयो । गैडहवा गाउँ पालिका रुपन्देही र नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा बिच सम्झौता भयको छ सम्झौतामा पत्रमा प्रथम पक्षमा गैडहवा गाउँ पालिकाका प्रमुख प्रसासकिय अधिकृत कृष्ण प्रसाद पन्थी ,दोस्रो पक्षमा सभापति नेपाल रेडक्रस सोसाइटी रुपन्देही बिच सहमति पत्रमा हस्ताक्षर भयको हो गाउँपालिकाले बताएको छ । सहमति पछि बोल्दै गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले आफ्नो गाउँ पालिका भित्रका स्थानीय बासिन्दाहरु रगत को अभाव बाट कसैको ज्यान नजाहोस भन्दै निशुल्क…
द श्री फाउन्डेसन न्यूयोर्क अमेरिकाद्वारा बुटवलमा रक्तदान
स्वास्थ्यसमाचार/ द श्री फाउन्डेसन आईएनसी, न्यूयोर्क अमेरिकाको आयोजनामा बुटवलमा रक्तदान भएको छ । लायन्स क्लव अफ काठमाडौं शालिग्राम, मैनादेवी फाउन्डेशन रुपन्देही, स्वयंसेवी रक्तदाता समाज बुटवललगाएतको सहयोगमा सम्पन्न सो रक्तदान कार्यक्रममा ३१ जनाले सहभागिता जनाएका हुन् । द श्री फाउन्डेसन न्यूयोर्क अमेरिकाका अध्यक्ष पुरुषोत्तम पन्थीका अनुसार सो संस्थाले सामुदायिक स्वास्थ्य, सडक सुरक्षा, बाल सुरक्षा, युवा शसक्तिकरण, शिक्षा तथा वातावरण सुधारको क्षेत्रमा कार्य गर्दै आएको छ । अमेरिका र नेपाल लगाएत बिभिन्न मुलुकमा सामाजिक सेवा गर्दै आएको सो संस्थाले अन्तर्राष्ट्रिय स्तरमा सामाजिक कार्यहरु गर्नका लागि ईजाजत समेत प्राप्त गरिसकेको अध्यक्ष पन्थीले जानकारी…
भनभने गुल्मी सम्पर्क समाज रुपन्देही द्धारा रक्तदान, ६३ पिन्ट रगत संकलन
स्वास्थ्यसमाचार / संविधान दिवस २०७९ को अवसरमा भनभने गुल्मी सम्पर्क समाज रुपन्देहीले रक्तदान गरेको छ। रक्त संञ्चार केन्द्रको प्राबिधिक सहयोगमा रक्तदान गरिएको हो । रक्तदान जीवनदान भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक पदम जिसीले बताए । रुपन्देही तथा यस आसपासमा डेगुका बिरामीहरु बढ्दै जादा रगतको माग बढेकोले सम्पर्क समाजले पनि केहि गर्नु पर्छ भन्ने उदेश्यले रक्तदानकार्यक्रम आयोजना गरिएको अध्यक्ष लोक नाथ पन्थीले बताए ।उनले रक्तदान गर्नेलाई प्रमाण पत्र समेत बितरण गरिएको समेतपन्थीले बताए । रक्तदान कार्यक्रममा संस्थाका सल्लाहकार पदाधिकारी र अन्य रक्तदान गर्नेको…