स्वास्थ्यसमाचार/नेपाल नियमित रक्तदाता संघको अध्यक्षमा भगवान भण्डारी चयन हुनुभएको छ । नेपाल नियमित रक्तदाता संघको तानसेनमा भएको भेलाले उहाँलाई अध्यक्षको जिम्मेवारी दिइएको हो । नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष, सामाजिक अभियन्ता तथा मानवअधिकारकर्मी भण्डारी पछिल्लो समय गरिब, विपन्न, असहाय र समस्यामा परेका नागरिकको उद्दारमा सम्बन्धित निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्ने काममा सक्रिय रहनुभएको छ । मानव अधिकार संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य, जिल्लास्तरीय मानव अधिकार रक्षक सञ्जालको संयोजक समेत रहनुभएका भण्डारी लामो समय पत्रकारिता क्षेत्रमा आवद्ध रहनुभएको छ । जिल्लामा रगत अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने…
रक्तदान
आदर्श युवा क्लब द्वारा रक्तदान, ५१ पिन्ट रगत संकलन
स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको आदर्श युवा क्लबको आयोजनामा दोस्रो वृहत् रक्त दान कार्यक्रम गरेको छ । सोमबार बुटवल उपमहानगरपालिका वडा नम्बर १५ दुर्गा भवानि मन्दिर चम्किपुर परिषरमा आयोजना गरिएको रक्तदान मा ४१ युनिट रगत संकलन भएको क्लबका अध्यक्ष मनीष काफ्ले ले जानकारी दिए । रक्तदान कार्यक्रम लाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिका का प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष शिव रानाले सामाजिक उत्तरदायी अभियान अन्तगत क्लबले गरेको कामको उच्चप्रंसा गरेका थिए । कार्यक्रममा वडा सदस्य कुल प्रसाद लम्साल,सुर्य काफ्ले ,रमा पौडेल पराजुली अनि मन्जु दर्जि, दुर्गा माता…
रक्तदान गरी अरूलाई बचाउने अर्जुन स्ट्याटस लेखेर गरे आत्मदाह
स्वास्थ्यसमाचाार/रक्तदाता अर्जुन मैनालीले फेसबुकमा लामो स्ट्याटस लेखेर अमेरिकामा आत्मदाह गरेका छन् । नेपालका काभ्रे घर भएका मैनालीको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा शव फेला परेको जनाइएको छ । ‘अग्नीको बाटोबाट परलोक जान लागेको’ स्ट्याटस लेखेका मैनालीले शरीरमा आगो लगाएका हुन् ।प्रहरीले जलेको अवस्थामा शव भेट्टाएको अमेरिका निवासी पुरुषोत्तम ढकालले जानकारी दिए । परिवारलाई प्रहरीले निधन पुष्टि गर्दै पत्र दिइसकेको पनि उनको भनाइ छ । उनले दुई सय पटकभन्दा बढी रक्तदान गरेर धेरैको जीवन बचाइसकेका छन् । तर, उनी आफैँले लामो जीवन बाँचेनन् ।आत्मदाह गर्नुको कारण पारिवारिक तनाव भएको उनले…
स्व.समाजसेवी युवा पदमलालको स्मृतीमा गुल्मीमा वृहत रक्तदान
गोकर्ण ज्ञवाली(प्रकास) । रुपन्देही । गुल्मीमा यही कात्तीक २८ गते वृहत रक्तदान कार्यक्रमको आयोजना हुने भएको छ । स्व. समाजसेवी युवा पदमलाल श्रेष्ठको स्मृतीमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । स्व.युवा श्रेष्ठ गुल्मीको रुरुक्षेत्र गाऊँपालीकाको एक उर्जावान्, जुझारु तथा कर्मठ सामाजिक योद्धाको रुपमा चिनिन्थें । उनी स्थानीय रेडियो श्रृगेश्वर एफएमका संस्थापक सदस्य पनि थिए । रक्तदान कार्यक्रम २०८० कात्तीक २८ गते मंगलवार विहान १० बजेदेखी नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सहकार्यमा बलेटक्सार बजारमा हुने आयोजक संस्था अनेरास्ववीयु गुल्मी १ कमिटिले जानकारी गराएको छ । जण्डिस तथा निमोनियाबाट ग्रस्त श्रेष्ठको उपचारका…
प्रादेशिक रक्तसञ्चार केन्द्र बाँकेमा भूकम्पका घाइतेला रगत सङ्कलन
स्वास्थ्यसमाचार/जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि रगत सङ्कलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र बाँकेमा हालसम्म ४३ जनाले रक्तदान गरेका छन् । बिरामीलाई रगतको अभाव हुन नदिनका लागि रगत सङ्कलन गरिएको रक्त सञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो । उहाँका अनुुसार हालसम्म ४३ जनाले रक्तदान गरेका छन् । घाइते बिरामीलाई आज बिहान ३ बजेदेखि नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार सुरु गरिएको हो । प्रजिअ श्रवणकुमार पोखरेलका अनुसार २६ जनाको उपचार भइरहेको छ भने एक जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड–१ का ३३…
संविधान दिवसको अवसरमा भनभने(गुल्मी) सम्पर्क समाजको रक्तदान
स्वास्थ्यसमाचार/भनभने-गुल्मी सम्पर्क समाज रुपन्देहीले आज संविधान दिवसको अवसर पारेर रक्तदान गरेको छ । समाजले रक्त सन्चार केन्द्र बुटवलमा गरेको रक्तदानमा ५२ युनिट रगत संकलन गरेर रक्त सन्चार केन्द्र लाई हस्तान्तरण गरेको संयोजक प्रकास पन्थीले जानकारी दिएका छन । समाजका अध्यक्ष लोकनाथ पन्थी अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुल्मीको भनभने बाट रुपन्देहीमा आएर बिभिन्न पेशा व्यवसायमा आबद्ध भन्नेहरुले शुभेच्छुक हरुको उपस्थिति रहेको थियो । रगत संकलनका लागी रक्त सन्चार केन्द्रका कर्मचारीहरुले सहयोग रहेको संयोजक पन्थीले जानकारी दिए । । स्थापना कालदेखि बिभिन्न परोपकारी काममा सक्रिय समाजले नभनेको धार्मिक,ऐतिहासिक ,भौगोलिक विशेषता हरुलाई समेटेर नभनेको…
शुद्धाेधनमा बृहत रक्तदान सम्पन्न,५२ युनिट रगत संकलन
स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न.४ फर्साटिकर मा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान जीवनदान’ भन्ने मूल नारालाई सार्थक बनाउन तथा रगत अभावका कारण विरामीहरुको अकाल मृत्यु नहोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना शुद्धोधन अपाङ्ग संघ,यज्ञविनोद दुध नाथ थारु बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा भएको कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ। सो बृहत रक्तदान कार्यक्रममा शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले रक्तदान जीवनदान भन्ने मूल नारालाई सार्थक बनाउन तथा रगत अभावका कारण विरामीहरुको अकाल मृत्यु नहोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएकाेमा आयोजकलाई धन्यवाद दिदै ब्यक्तिले…
पञ्चकन्या समुह ५१ औं वर्ष प्रवेशको अवसरमा वृहत रक्तदान कार्यक्रम
स्वास्थ्यसमाचार/पञ्चकन्या समुहले ५१ औं वर्ष प्रवेशको अवसरमा वृहत रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा एक सय दश जनाले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै समुहका उपाध्यक्ष ध्रुव कुमार श्रेठले रक्तदान कार्यक्रमको आयोजना गरि ५१औं बर्ष प्रवेशको शुभारम्भ गरिएको बताए । उनले विगतमा पनि रक्तादन कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि रक्तदान लगायतका कार्यक्रमलाई निरन्तरता दिइने बताए । उनले रक्तदान जस्तो पवित्र कार्यक्रमले आपसी सद्भाव कायम गर्नुका साथै रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर रक्तदान कार्यक्रम गरिएको बताए । समुहका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको जन्मदिनको अवसर…
रुकुम पश्चिममा पहिलो ब्लड बैंक सञ्चालनमा रगत अभाव नहुने विश्वास
स्वास्थ्यसमाचार/रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पहिलो पटक ब्लड बैंक सञ्चालनमा आएको छ। नेपाल रेडक्रस सोसाइटी चौरजहारी शाखाको पहल र चौरजहारी नगरपालिकाको लगानीमा वडा नं १ मा ब्लड बैंक सञ्चालनमा आएको हो । दुई वर्ष अघि ब्लड बैंक स्थापनाको तयारी भए पनि बीचमा यो काम अलपत्र परेको थियो। अलपत्र परेको ब्लड बैंक निर्माण हाल पूरा भएको रेडक्रस चौरजहारी शाखाका कोषाध्यक्ष गोपाल लामिछानेको भनाइ छ । ब्लड बैंक निर्माणका लागि हालसम्म ४० लाख खर्च भइसकेको छ। जसमध्ये भवन निर्माणमा २८ लाख र बाँकी रकम उपकरण व्यवस्थापनमा खर्च भएको उनले जानकारी दिए। भवन निर्माणसहित…
लुम्बिनीमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको रोडम्याप तयार गरिदै
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशको नेतृत्व गर्ने गुणस्तरिय प्रयोगशालाको रुपमा प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई विकास गर्नुपर्ने बताउनु भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशलाको पञ्चवर्षिय कार्ययोजनामाथिको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खनालले प्रदेशमा आउदा दिनमा देखिन सक्ने रोगको समेत परिक्षण गर्न सक्ने प्रयोगशाला निर्माण गर्न आबश्यक रहेकोमा जोड दिनुभयो । मन्त्री खनालले त्यस्का लागी स्पष्ट खाका तयार पारेर निश्चित समय भित्र परिणाम देखिने गरि काम गर्ने लक्ष्यका साथ योजना निर्माण गर्न निर्देशन दिनुभयो । उहाँले प्रदेश मन्त्रालय आफैले परिक्षण गर्ने मात्र नभई प्रदेश भित्रका अन्य प्रयोगशाला मापदण्ड अनुसार…