स्वास्थ्यसमाचार/रुपन्देहीमा जारी दादुरा, रुबेला खोप अभियान अन्र्तगत रुपन्देही जिल्लाका ३ लाख ३१ हजार ८ सय १८ जना बालबालिका हरु ले खोप लगाएका छन् । स्वाथ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार २३ गते मात्रै २१ हजार ४ सय ६९ जनाले खोप लगाएका हुन । दोस्रो चरण को खोप अभियान अन्र्तगत विहिबार अन्तिम दिन रहेको छ । २४ गते विहिबार खोप अभियानको अन्तिम दिन भएको कारण खोप लगाउन छुटेका सबै ९ महिना देखि १५ बर्ष मुनिका सबै बालबालिकाहरुले सम्बन्धीत खोप केन्द्र वा स्वाथ्य संस्थामा गएर खोप लगाउनको लागि स्वाथ्य कार्यालय…
समाचार
अखिल क्रान्तिकारीद्वारा आम्दा अस्पताल र सिटिईभिटीको प्रादेशिक कार्यालयमा कालो ब्यानर
स्वास्थ्यसमाचार/माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले बुटवल स्थित महिला तथा बाल अस्पताल आम्दा र सिटिईभिटी काे लुम्बिनी प्रदेश कार्यालयमा कालो ब्यानर टागेकाे छ । अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको नेतृत्वमा गएको विद्यार्थीहरूका समुहले साेमबार दिउँसो आम्दा र सिटिईभिटिकाे प्रदेश कार्यालयमा कालो ब्यानर टागेकाे हो । सामुदायिक अस्पताल भएता पनि आमा सुरक्षा कार्यक्रम लागु नगरेको, मनपरि तरिकाले बिना प्रतिस्पर्धा ल्याबको सेम्पलहरु आफ्नो फर्ममा पठाएकाे,टेण्डरमा सामान खरिद नगरी कमिसनको आधारमा खरिद गरेको,बर्षों देखी सामान खरिद गरेर स्टाेर गरेर सामान राखेको,अस्पताल मर्मत गर्दा निस्किएको गिट्टी बहिर बेचेको,अस्पतालका आवश्यक पर्ने…
स्वास्थ्यको छुट्टै विधेयक बन्ने बाटो खुल्यो :बहुप्रतिक्षित संघीय निजामती विधेयक संसदमा दर्ता
स्वास्थ्यसमाचार/सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ। संसदमा दर्ता भएको विधेयकमा स्वास्थ्य तर्फको समावेश छैन। अब स्वास्थ्यको छुट्टै विधेयक बन्ने बाटो पनि खुलेको छ। कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयता अनुरुप सञ्चालन व्यवस्थापन गर्न विधेयक ल्याइएको संघीय मामिला मन्त्री अनिता देवीले विधेयक दर्ता गरेकी हुन्। विधेयकमा कर्मचारीको तलब भत्ता, सञ्चयकोष, बीमा, उपचार खर्च, उपदान लगायतका विषयसमेत विधेयकमा समेटिएको छ। विधेयकमाथि संसद्मा छलफल हुँदै पारित हुने छ। सघीय संसद्को दुवै सदनबाट पारित भएपछि यसले कानुनको रुप लिने छ।…
लुम्बिनीमा पहिलो बन्यो फिजियोथेरापी सेवा दिने सियारी गाउँपालिका
स्वास्थ्यसमाचार- सियारी गाउँपालिकाले फिजियोथेरापी शुरु गरेको छ । पालिकाले स्थानिय नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्धेश्यले फिजियोथेरापी शुरु गरेको हो ।सियारी गाउँपालिकाले शुरु गरेको फिजियोथेरापी सेवा लुम्बिनी प्रदेशका पालिकाहरुमा पहिलो भएको दावी गरेको छ । गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले फिँजियो थेरापी सेवाका लागि भैरहवा तथा बुटवल लगाएतका शहरमा पुग्नु पर्ने बाध्यतालाई हटाउन सियारीमा सेवा शुरु गरेको बताए । अध्यक्ष घिमिरेले भने, एक जना फिँजियो थेरापी गर्न जाँदा बुटवल तथा भैरहवाको भाडा, थेरापी गरे बापत को शुल्क लगाएत तिर्दा एक भन्दा बढी हुन्छ, समयको पनि बचत हुँदैन्, यी सबै कुराबाट…
टिचिङमा शालिनको फरेन्सिक जाँच: बलात्कार नभएर झुन्डिएको रिपोर्ट
स्वास्थ्यसमाचार- चितवनको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेकी १४ वर्षीया शालिन पोखरेलको बलात्कार नभएको अनुसन्धानले देखाएको छ । पोखरेलको शवको पोष्टमार्टम र मृत शरीरको फरेन्सिक जाँच परीक्षण काठमाडौंको टिचिङ अस्पतालमा गरिएको थियो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार जाँचमा उनको बलात्कार नभएको पाइएको हो । गत शनिबार बिहान रत्ननगर नगरपालिका-१२ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने शालिन मृत फेला परेकी थिइन् । बालिका होस्टलको कोठामा रहेको सिलिङ पङ्खामा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको मृत्युपछि मृतकका आफन्तले बलात्कारपछि हत्या भएको दाबी गर्दै आएका छन्…
रुपन्देहीमा पहिलो चरणको छैठौ दिनमा १०७ प्रतिशतले लगाए दादुरा–रुबेलाको खोप
स्वास्थ्यसमाचार /रुपन्देही जिल्लामा प्रथम चरणको दादुरा–रुबेला खोपको लक्ष्य २लाख ११ हजार ६८ रहेकोमा १८ गते सम्म २लाख १६ हजार ६४जना बालबालिकाले खोप लगाएका छन। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार पहिलो चरणको खोप फागुन १३ देखी २० गते सम्म खोप लगाउने कार्यक्रम रहेको वताउनु भयो। उहाले १०७ प्रतिशतले खोप लगाएको बताउनु भयो। उहाले पहिलो चरणका पालिका मध्ये ७ पालिकामा भोली १८ गते र १ पालिकामा दिनमात्र बाकी रहेको बताउनु भयो। उहाले भन्नु भयो हाम्रो लक्ष्य भन्दा धेरै राम्रो भएको छ ।अब दोश्रो चरणमा पनि त्यहि अनुसार रहने…
पाल्पाको रिब्दीकोटमा जाँडरक्सी खानेको खोजी–खोजी सम्मान
पाल्पा/सुन्दा अचम्म लाग्न सक्छ, जाँडरक्सी खानेलाई खोजी खोजी सम्मान । हाम्रो समाजमा जाँडरक्सी खानेलाई गाली गरिन्छ । प्रहरीले पक्राउ गर्छ र थाना चौकीमा लैजान्छ । उसलाई थुन्छ । कानुनी कारबाही गर्छ । तर, पाल्पामा भने ठीक उल्टो गरिएको छ । नियमित रूपमा जाँडरक्सी खाने व्यक्तिलाई खोजीखोजी सम्मान गरिएको छ । रिब्दीकोट गाउँपालिकाले गाउँपालिकाभर नियमित रूपमा जाँडरक्सी खाने ६० जनालाई गाउँपालिकाकै कार्यालयमा जम्मा गरी टिका, फूलमाला लगाएर र पोसाक वितरण गरी सम्मान गरेको छ । रिब्दीकोट गाउँपालिका १ ख्याहाका एक पुरुष रक्सी खाएरै श्रीमतीसहित गाउँपालिकाको सभाहलमा छिरे । आफू जस्तै नियमित…
घर-जग्गा बेचेर क्यान्सर पीडितहरूका लागि ‘अञ्जन स्मृति कोष’ स्थापना
स्वास्थ्यसमाचार/क्यान्सरकै कारण छोरा गुमाउनुभएका पराजुली दम्पतीले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा एक करोड एक लाख ११ हजार १११ रुपैयाँबराबरको ‘अञ्जन स्मृति क्यान्सर पीडित उपचार कोष’ स्थापना गर्नुभएको छ । काठमाडौं कीर्तिपुरस्थित ट्यांगला फाँट निवासी प्रा डा तीर्थराज पराजुली र उहाँकी श्रीमती शारदा पराजुलीले छोरा डा अञ्जन पराजुलीको स्मृतिमा सो कोष स्थापना गर्नुभएको हो । अस्पतालमा आयोजित कार्यक्रममा अक्षय कोष स्थापनाका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्दै सो रकम बराबरको चेक परिवारले अस्पताललाई हस्तान्तरण गरेको छ । पराजुली दम्पतीले सो रकम आफ्नो घरजग्गा बेचेर क्यान्सर पीडितहरूका लागि सहयोग गरेको बताउनुभयो ।…
रुपन्देहीमा पहिलो चरणको ५ औ दिनमा २ लाख बढीले लगाए दादुरा–रुबेला विरुद्धको खोप
स्वास्थ्यसमाचार/रुपन्देही जिल्लामा प्रथम चरणको दादुरा–रुबेला खोपको लक्ष्य २लाख ११ हजार ६८ रहेकोमा १७ गते सम्म १लाख ९४ हजार ६सय ६१ जना बालबालिकाले खोप लगाएका छन। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार पहिलो चरणको खोप फागुन १३ देखी २० गते सम्म खोप लगाउने कार्यक्रम रहेको वताउनु भयो। उहाले ९७ प्रतिशतले खोप लगाएको बताउनु भयो। उहाले पहिलो चरणका पालिका मध्ये ७ पालिकामा भोली १८ गते र २ पालिकामा २० गते एक दिनमात्र बाकी रहेको बताउनु भयो। उहाले भन्नु भयो हाम्रो लक्ष्य भन्दा धेरै राम्रो भएको छ ।अब दोश्रो चरणमा…
सिद्धार्थनगरमा फागुन १९ गते अपांगता स्वास्थ्य शिविर हुँदै
स्वास्थ्यसमाचार/रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा शारीरिक रुपमा अशक्त हरुको लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर हुने भएको छ ।सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा फागुन १९ गते (शनिबार) शिविर हुने भएको हो । उक्त शिविर भीम अस्पताल परिसरमा सञ्चालन हुनेछ । सर्वसाधारणका हितका लागि नगर रहेका शारीरिक रुपमा अशक्त हरुको स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्न लागिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले बताए । ‘शारीरिक रुपमा अशक्त भए पनि आर्थिक अभाव वा अन्य समस्याका कारण सर्वसाधारणले सहायता सामग्री वा परीक्षण समेत गराउन नसकेको अवस्था छ’ उनले…