क्षयरोग व्यवस्थापनमा देशकै उत्कृष्ट बन्यो पश्चिम नवलपरासी, प्रमाणपत्रसहित सम्मानित

स्वास्थ्यसमाचार / नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्ला क्षयरोग (टिबी) कार्यक्रम व्यवस्थापनमा देशकै उत्कृष्ट भएको छ।

क्षयरोग नियन्त्रण तथा व्यवस्थापनका सूचकहरूमा उत्कृष्ट प्रदर्शन गर्दै नवलपरासीले राष्ट्रिय स्तरमै अग्रस्थान हासिल गरेको हो।

विश्व क्षयरोग दिवश २०८२को अबसरमा स्वास्थ्य सचिव डा. विकास देवकोटा ले आयोजित एक समारोहबीच जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाही लाई प्रमाणपत्रसहित सम्मान गर्नुभयो।

सम्मान समारोहमा बोल्दै सचिव देवकोटाले विविध चुनौतीका बाबजुद पनि क्षयरोग नियन्त्रण तथा व्यवस्थापनमा नवलपरासीले उत्कृष्ट उपलब्धि हासिल गरेको बताउनुभयो।

स्वास्थ्य कार्यलय नबलपरासीका प्रमुख अंगद बहादुर शाहीले समयमै पहिचान, प्रभावकारी उपचार, बिरामीको नियमित निगरानी तथा समुदाय स्तरमा जनचेतना अभिवृद्धि जस्ता पक्षमा जिल्लाले उल्लेखनीय प्रगति गरेको आधारमा हामी देशमै उत्कृष्ट भएका छौ उहाले भन्नु भयो ।

प्रमुख शाहीले खुसी व्यक्त गर्दै यो उपलब्धि कुनै एक निकायको मात्र नभई सम्पूर्ण जिल्लावासीको साझा उपलब्धि भएको वताउनु भयो।
उहाले जनप्रतिनिधिहरू, स्वास्थ्य शाखा प्रमुख, जिल्लाका सबै ७४ वटै वडामा कार्यरत स्वास्थ्यकर्मीहरू, तथा सहयोगी संस्थाBritish Nepal Medical Trust  (ब्रिटिस नेपाल मेडिकल ट्रस्ट) लगायतको सक्रिय सहकार्यले यो सफलता भएको उहाको भनाई छ ।

शाहीले कार्यक्रमलाई मार्गदर्शन गर्ने लुम्बिनी प्रदेशका स्वास्थ्यस मन्त्री खेम सारु, सचिव दुर्गा श्रेष्ठ, निर्देशक रोशन लाल चौधरीको महत्वपूर्ण सहयोग रहेको बताउनु भयो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :