डाक्टरमाथि कुटपिटमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

स्वास्थ्यसमाचार/काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथि भएको हातपातको घटनाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । संघका अनुसार सोमबार बिरामीको मृत्युको विषयलाई लिएर केएमसी अस्पतालमा कार्यरत चिकित्सक प्रा डा बिनिता प्रधान र डा पूजा शाहमाथि हातपात हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो । ‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनी अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता अपराधिक कार्य गरेको घटना प्रति यस संघ घोर भत्सर्ना र निन्दा गर्दछ’, संघका महासचिव डा सञ्जीव तिवारीले विज्ञप्तिमा भनेका छन् । उपचारमा कुनै त्रुटि भएको शंका लागे…

स्वास्थ्यमन्त्री उपेन्द्र यादव र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिोनियो गुटेरेसबिच भेट बार्ता

स्वास्थ्यसमाचार/उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिोनियो गुटेरेसबिच भेट बार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७औँ बैठकमा भाग लिने सिलसिलामा त्यहाँ रहेका उपप्रधानमन्त्री यादवले महासचिव एन्टिोनियो गुटेरेससँग भेटवार्ता गरेका हुन। भेटकाक्रममा उपप्रधानमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताएका छन्। त्यसैगरी जलवायु परिवर्तन र विश्वमा बढ्दो द्वन्द्वका कारण नेपालले दिगो विकासका लक्ष्यहरूका साथै स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि जोगाइराख्न चुनौतीपूर्ण भएकाले राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास सहायता अपरिहार्य भएकामा जोड दिएका…

चेतनाको बहिर्गमन, सधैंको द्रष्टा म :डा. शम्भु खनाल

समाज सुसंस्कृत र विकृत दुवै शिक्षा र चेतनाले हुने गर्दछ । संविधान उत्कृष्ट हुँदैमा भुइँ राम्रो हुन्छ भन्ने हुँदैन । जति व्यवस्था , संविधान फेरिएपनि भुइँ मान्छेको भुइँ सधै उस्तै रहन सक्छ । आर्थिक, सामाजिक र शैक्षिक छलाङ मार्न भुइँ छोड्नुपर्छ । जसले सबै छलाङ मारेर पनि भुइँ बिर्सिन्न , त्यो व्यक्ति वास्तविक नेताको पात्र हुन्छ । भुइँ बिर्सने व्यक्ति आफैंमा मस्तमगन हुन्छ ।जीवनको मूल्य पनि चेतनाले निर्धारण गर्दछ । चेतनास्तर उच्च भएको स्थानमा उपचार खोज्ने कार्य छिटो हुन्छ ।आकस्मिक कक्षको बाटो हुँदै ओ पि डि फर्किँदै थिए । मेरा…

वैशाख १६ देखि ७ जिल्लाका ५० लाख बढीलाई हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै

स्वास्थ्यसमाचार/सरकारले यही वैशाख १६ गतेदेखि सात वटा जिल्लाका ५० लाख ७८ हजारलाई हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने तयारी गरेको छ। यसवर्ष झापा, धनुषा, महोतरी, सर्लाही,रौतहट, रसुवा र कपिलवस्तुमा हातीपाइले विरुद्धको औषधि खुवाइने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले बताए। हालसम्म ५३ जिल्लामा हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सफल सफल भइसकेको उनको धारणा छ। कपिलवस्तु तथा झापामा भन्ने उक्त कार्यक्रम असफल भएको उनको उनले बताए। हातीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपांग बनाउने एक सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका…

बुटबलमा उपचार पद्धतिको बारे चिकित्सकहरु बिच अन्तरक्रिया

स्वास्थ्यसमाचार/  लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीको आयोजनामा काठमाण्डौ तथा बुटबलका चिकित्सक बिच उपचार नयाँ पद्धतिको वारेमा अन्तरक्रिया भएको हो। बर्तमान अबस्थामा औषधीको क्षेत्रमा भएको परिवर्तन अबस्था र उपचारमा प्रयोग गरिने बिधीबारे चिकित्सकहरु लाई अन्तरक्रिया गरेको हो। चिकित्सकहरुको अन्तरक्रिया बिभिन्न बिषयमा बरिष्ठ चिकित्सकहरुले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। राप्ती बिज्ञान प्रतिष्ठानका डाइरेक्टर तथा जेरीयाट्रीक बिशेषज्ञ डा. रमेश मान कडेंलले कार्यपत्र प्रस्तुत गर्दे ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिक को उपचारमा अपनाउनु पर्ने अबस्था औषधीको प्रयोग र गलत औषधीले निम्ताउने समस्याहरु लाई कसरी उपचारमा सहज बनाउने भन्ने बिषय मा कार्यपत्र प्रस्तुत गर्नु भएको…

‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता’

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुर्दशन थापा क्षेत्रीले अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा प्रवाहमा पहिलो प्रथमिकता दिइएको बताएका छन् ।उनले नयाँ संरचनाको भवन निर्माण काम सुरुवात भईरहेको अवस्थामा मौजुदा अवस्थामा रहेको अस्पतालमा सेवा प्रवाहको लागि अधिकतम् सचेतना अपनाइएको बताएका हुन । सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको सहयोगमा दृष्टिविहीन उत्थान संघ सैनामैना १० सालझण्डी को आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको समुदायमा आधारित पुनर्स्थापनाको सन्र्दभमा आयोजित सिबीआर अन्र्तगत सार्वजनिक सेवा प्रवाह अपाङ्गता भएका व्यक्तिहरुले लिने सेवा सुविधाको विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. थापा क्षेत्रीले सामजिक…

ब्रिटिश महिलाले बर्दियामा सुत्केरी केन्द्र बनाउन शुरु गरिन् चन्दा संकलन अभियान

लन्डन/पश्चिम नेपालस्थित बर्दिया जिल्लामा रहेको बाराबर्दिया नगर अस्पतालमा स्थापित सुत्केरी केन्द्र (बर्दिङ सेन्टर) का लागि आवश्यक उपकरणहरु जुटाउन एक ब्रिटिश महिलाले सहयोग संकलन अभियान शुरु गरेकी छन्। दक्षिण पश्चिम इंगल्याण्डको ल्याण्डपोर्टमा आफ्नो परिवारसहित बसोबास गर्ने जोर्जिना उडहेडले ‘जस्ट गिभिङ’ पेज खोलेर त्यस्तो अभियान शुरु गरेकी हुन्। बाराबर्दिया नगरपालिकामा बसोबास गर्ने झन्डै ७५,००० जनसंख्यामध्ये ७२ प्रतिशत थारु समुदायका जनता छन्। यो नगरपालिकामा खासगरी थारु समुदायमा पाइने सिकलसेल अनिमिया रोगका बिरामीहरु पनि छन् । “थारु समुदायमा पहिले घरमै सुत्केरी गराउने प्रचलन थियो। अहिले अधिकांश गर्भवती महिलालाई सुत्केरी गराउन नगर अस्पताल ल्याउने गरिएको…

लुम्बिनीमा आयातित बिरामी औलो रोग निवारणमा चुनौती बने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा औलो शून्यमा झार्ने सरकारको लक्ष्य चुनौतीपूर्ण देखिएको छ। २०२२ देखि २०२५ सम्म अर्थात आगामी तीन वर्ष भित्र औलो निवारण गर्ने सरकारको लक्ष्य रहेको भएपनि लुम्बिनीमा बिरामी फेला पर्नेको संख्या बढदो देखिएको छ। गत बर्ष १सय ८१ रहेकोमा यस बर्ष २सय ३१ जना बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयका फोकल पर्सन खिमलाल पाण्डेले वताउनु भयो। स्वास्थ्य निर्देशनालयका अनुसार सरकार सन् २०२२ देखि २०२५ सम्ममा औलोका बिरामी शुल्यमा झार्ने लक्ष्य अनुरुप अगाडी बढेको छ । तर लुम्बिनी प्रदेशमा छिमेकी देशबाट आयातीत औलोको बिरामीको संख्या भने घट्न सकेको छैन । स्थानीय…

‘लू’बाट बच्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न आग्रह गरेको हो । ‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गर्दछ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा विमल चालिसेले गर्मी बढेसँगै तराईमा तातो हावा चलेर ‘लू’ लाग्ने गरेको बताए । धेरै तातो हावाले मस्तिष्कमा असर गर्ने भएकाले तातो हावा चलेका बेला दिउँसो घर बाहिर ननिस्कन आग्रह गरे…

चिकित्सक तथा कर्मचारी कार्यालय समयमा निजीमा भेटिए कार्वाही

स्वास्थ्यसमाचार/सरकारी सेवामा कार्यरत कतिपय चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई कार्यालय समयमा आफ्नो डिउटी छाडेर निजी अस्प्ताल, क्लिनिक तथा नर्सिङ होम तथा मेडिकल हलहरुमा नधाउन पुन निर्देशन दिएको छ । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले बुधबार प्रतिष्ठानहरु, विभागहरु, अस्पतालहरु र केन्द्रहरुलाई सम्वोधन गर्दै अर्को निर्देशन जारी गरेका हुन् । उनले गत ६ गते यस्तै प्रकारको अपिल चिकित्सक तथा स्वास्थ्यकर्मीका नाममा जारी गरेका थिए । ‘सरकारी चिकित्सकहरु कार्यालय समयमा आफ्नो डिउटी छाडेर निजीमा सेवा दिन थालेको भन्ने धेरै गुनासो आयो । यसतर्फ सम्वन्धित व्यक्तिसंगै संस्थाहरुलाई पनि भनेका हौँ,’ सचिव बुर्लाकोटीले भने, ‘यदि अपिल तथा…