स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले भारतबाट आयातित तरकारी तथा फलफूल प्रयोग नगर्न नगरवासीलाई अनुरोध गरेको छ । हालको विषम परिस्थितिमा भारतबाट आयात हुने तरकारी तथा फलफूलमा कोरोना संक्रमण नरहने विश्वस्त आधार नभएकोले तिलोत्तमा नगरपालिका क्षेत्रमा भारतबाट आयातित तरकारी तथा फलफूलको खरीद, विक्री–वितरण तथा उपभोग नगर्नु नगराउनु हुन सम्पूर्ण नगरबासीमा अनुरोध छ–नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ। नगरपालिकाले हालको विषय परिस्थितिमा स्वदेशमै उत्पादित तरकारी, फलफूल लगायतका कृषिउपज प्रयोग गर्न नगरवासीलाई भनेको छ । स्वदेशमै उत्पादित कृषिउपज भिडभाड नगरी व्यक्तिबीचको दुरी कायम गरी तोकिएको समयमा मात्र खरिद, विक्री–वितरण गर्न नगरपालिकाले सबैलाई सूचित गरेको…
समाचार
गण्डकीका स्वास्थ्य सुचना अधिकारी भन्दछन हल्ला चलाइयो, कसैलाई कोरोना देखिएको छैन
स्वास्थ्यसमाचार /गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालय ले पोखरामा एकजजालाई कोरोना भाइरस देखिएको भन्ने समाचारको खण्डन गरेका छन् । गन्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयका सुचना अधिकारी डा बुद्धि प्रसाद पौडयालले भने अहिले सम्म हामीलाई जानकारी छैन । कसरी हल्लाफैलीयो थाह भएन । बेलुका ५ बजे हाम्रो साईटमा राखिदिन्छौ डा पौडेलले भने ।
कोरोनाको खोप परीक्षण सफल भएको अमेरिकी अनुसन्धानकर्ताको दाबी
स्वास्थ्यसमाचार/अमेरिकाको पेनसेलभेनिया राज्यस्थित पिट्सबर्ग विश्वविद्यालयले कोभिड–१९ को खोप परीक्षणमा सफलता मिलको दाबी गरेको छ। यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएका हुन्। पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले जनावरमा गरेको परीक्षणमा प्रारम्भिक सफलता मिलेको जनाएका हुन्। पशुमा गरिएको परीक्षणबाट उक्त खोपले कोरोना भाइरसलाई निष्प्रभावित पार्ने दावी प्रतिवेदनमा छ। अनुसन्धानकर्ताहरूको निष्कर्ष ब्रिटिश मेडिकल जर्नल द ल्यान्सेटले ईबायोमेडिसिनमा सार्वजनिक गरेको हो। मुसामा गरिएको परीक्षणको क्रममा खोपले सार्स–कोभ–२ विशिष्ट एन्टबडी रोग प्रतिरोधक उत्पादन गर्ने देखायो। जसलाई नयाँ कोरोनाभाइरस भनेर चिनिन्छ। विश्वविद्यालयका अन्वेषकहरूले…
प्रदेश ५मा कोरोनापरिक्षण ७३ मध्ये ७१कोे रिर्पोट नेगेटिभ
स्वास्थ्यसमाचार/ प्रदेश पाँचमा कोरोनाको आंशकाका ७३ जनाको स्वाव परिक्षण गरिएकोमा ७१ जनाको नेगेटिभ आएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार अनुसार परिक्षण गरिएका सबै ७३ जनाको रिर्पोट मा ७१ जनाको कोरोना नेगेटिभ आएको छ भने वाकी २ जनाको प्रकृयामा रहेको छ । स्वास्थ्य निर्देशनालयका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नेत्र अर्यालका अनुसार प्रदेशमा १सय १३ जना संकास्पद बिरामी मध्ये ८ जना भने अहिले पनि उपचाररत रहेका छन । प्रदेश पाँचमा रहेका २सय ९५ वटा क्वारेन्टीनमा २ हजार ६१ जना रहेको अधिकृत अर्यालले बताए ।
पाचौं दिन सम्म उठेन कोरोना अस्पतालमा मृत्यु भएका थापाको शब
स्वास्थ्यसमाचार २० चैत्र/ बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालको आइसोलेसन वार्डमा उपचारका क्रममा भएको ३४ वर्षिय बाबुराम थापाको मृत्यु प्रकरण बल्झिने देखिएको छ । उपचारमा अस्पतालको लापरवाहीका कारण पतिको मृत्यु भएको भन्दै पत्नी रिता थापाले न्याय नपाउंदासम्म शब नबुझ्ने अडान लिएकी छन् । बाबुरामको शब पाँच दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालको सवगृहमा रहेको छ । यसबीचमा प्रमुख विपक्षी दल नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न संघसंस्थाले थापाको उपचार प्रकृयाको स्वतन्त्र र सर्वपक्षीय समितिमार्फत छानवीन गर्न र पीडित परिवारलाई उचित राहत दिन माग गरेका छन् । समाजवादी पार्टी प्रदेश ५…
नेपालमा छैटौ कोरोना संक्रमित ६५ बर्षिय हजुरआमा
स्वास्थ्यसमाचार /नेपालमा फेरि एक जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । उनी चैत ४ गते कतार एयरवेजको फ्लाइट नं क्युआर ६५२ मा आएका थिए । दोहा हुँदै काठमाडौ आएका व्यक्तिमा पोजिटिभ देखिएको हो। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले प्रेस मिटमा उक्त जनाएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको केश ६ जना पुगेको छ। मन्त्रालयले छैटौं संक्रमितका बारेमा अन्य जानकारी दिएको छैन । यसअघि कतार एयरवेजको क्यूआर ६५२ नम्बरको उडानबाट नेपाल आएका दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखिइसकेको थियो । अहिलेसम्म काठमाडौं र काठमाडौं बाहिर गरी १ हजार १…
रुपन्देही र बाकेमा फोनबाटै चिकित्सक परामर्श सेवा
स्वास्थ्यसमाचार /हेल्थ असिस्टेन्ट संघ रुपन्देहीको पहलमा रुपन्देहीका नौ जना चिकित्सकले फोनमार्फत् परामर्श दिन थालेका छन। कोरोनाको जोखिम रोकथामका लागि सरकारले देशव्यापी लकडाउन गरेपछि समस्यामा परेका बिरामीका लागि रुपन्देहीका चिकित्सकहरुले फोनमार्फत् स्वास्थ्य परामर्श दिन थालेका हुन । सार्वजनिक सवारी साधन र एम्बुलेन्स समेत सहजरुपमा नचल्दा स्वास्थ्य संस्थामा पुग्न नसक्ने बिरामीलाई नौ जना चिकित्सकले फोनमार्फत् परामर्श दिन थालेका हुन् । हेल्थ असिस्टेन्ट संघ रुपन्देहीका अध्यक्ष राजेश ज्ञवालीका अनुसार संघले आग्रह गरे अनुसार बाल रोग विशेषज्ञ डा.सन्तोष पोख्रेल, डा.वसन्त ज्ञवाली, विशेषज्ञ सर्जन डा.प्रेम प्रकाश पौडेल, मेडिकल अफिसरहरु डा.कपिल गौतम, डा. युवराज भण्डारी, डा.…
सुनौली नाकाबाट १० दिनकी सुत्केरीको उद्धार गरी क्वारेन्टीनमा
स्वास्थ्यसमाचार /नेपाल र भारत दुबै देशमा लकडाउन भएपछि भारतको सुनौली नाकामा रोकिएकी १० दिनकी सुत्केरी महिलाको उद्धार गरी क्वारेन्टीनमा राखिएको छ । रुपन्देहीको मंगलापुरकी लक्ष्मी दर्जि ३ दिनदेखि सुनौली नाकामा अलपत्र परेकिथिईन। भारतको गाजियाबादमा सुत्केरी भएकी लक्ष्मी ३ दिनदेखि सुनौलीमा रहेकि थिईन । उनलार्ई तिलोत्तमा नगरपालीकाले प्रमुख जिल्ला अधिकारी महादेव पन्थको समन्वयमा उद्धार गरेको नगर प्रमुख बासुदेब घिमिरेले बताए । सुत्केरी महिलालाई सोमबार देखि बेलहिया समाज र स्थानीय बासिन्दाले खानाको प्रबन्ध मिलाएका थिए । सुत्केरी महिला संगै उनका श्रीमान मजोज तथा २ र ३ बर्षिय छोरालाई समेत नेपाल प्रबेश…
चीनियाँ वैज्ञानिकको दावीः अबको ४ हप्तापछि कोरोना शून्यतिर झर्छ
चिन/चीनका वैज्ञानिकले अबको ४ हप्तामा कोरोना भाइरसको संक्रमण दर शून्यतिर झर्ने दावी गरेका छन् । चीनका वरिष्ठ वैज्ञानिक डा झाङ्ग न्यानसेनले कोरोना भाइरसलाई लिएर विश्वमा देखिएको संक्रमणको दर आउने ४ हप्तामा शून्यतिर झर्ने बताए । चीन सरकारले कोरोना भाइरसलाई लिएर बनाएको विशेष टिमका प्रमुख ८३ वर्षीय डा झाङ्गले चीनमा पनि अब कोरोना भाइरसले कुनै प्रभाव नपार्ने बताए । उनले भने, ‘भाइरसलाई लिएर गरिएको विभिन्न अध्ययन र अनुसन्धानले भाइरसले अझै केहिदिन प्रभाव पार्ने भएपनि ४ हप्तापछि यसको प्रभाव कम हुँदै जानेछ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम डेली मेल र रोयटर्सका अनुसार डा…
प्रदेश ५सरकारले कोरोना नियन्त्रण उपचार कोष निर्देशिका तयार गरी लागू
स्वास्थ्यसमाचार/ प्रदेश सरकारले कोरोना भाईरस कोभिड –१९ नियन्त्रण तथा उपचार कोष संचालनको लागि निर्देशिका तयार गरी कार्यान्यनमा ल्याएको छ । कोष संचालनको लागि सामाजिक विकास मन्त्री सुदर्शन बरालको संयोजकत्वमा ५ सदस्यीय समिति बनाईएको छ । जसको सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका सचिव डा गोपीकृष्ण खनाल रहेका छन । त्यसैगरी सदस्यहरुमा मुख्य मन्त्री तथा मन्त्रि परिषदको कार्यालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रहेका छन । कोषमा जम्मा भएको रकम कोरोना भाइरस रोकथाम तथा उपचारको लागि आवश्यक आईसोलेशन अस्पताल स्थापना र संचालनमा लाग्ने खर्चहरुको…