चिकित्सा शिक्षा आयोगद्धारा १५ वटा कलेजलाई नर्सिङ भर्नामा रोक

रुपन्देहीको देबदह र पाल्पाको लुम्बिनी मेडिकल कलेजलेपनि भर्ना लिन पाएनन

चिकित्सा शिक्षा आयोगले १५ वटा कलेजलाई पिसिएल नर्सिङ भर्नामा रोक लगाएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिइभिटिले मंसिर ८ गते प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा पूर्ण शूल्कीय तर्फको आवेदन फाराम खुलाएको छ ।

चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४२ बमोजिम विश्वविद्यालय प्रतिष्ठान र विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त शिक्षण संस्थाहरुमा सञ्चालन गर्न नहुने भएकाले ऐन विपरीत भर्ना नलिन सिटिइभिटीलाई निर्देशन दिएको छ

जनअन्तगर्त रुपन्देहीको देबदहमा रहेको देबदहमेडिकल कलेज र पाल्पाको प्रवासमा रहेको लुम्बिनी मेडिकल कलेजले पिसीएल नर्सिड भर्ना गर्न नपाउने भएका छन । चिकित्सा शिक्षाआयोगले २ गि २ सहित १५ कलेजलाई भर्नामा रोक लगाएर सिटिईभिटीलाई पत्रलेखेको छ ।

सम्बन्धित शिर्षक :