एचआईभी एड्स रोकथाममा सबैको भुमिका महत्वपूर्ण स्वास्थ्य निर्देशक :डा गिरी

स्वास्थ्यसमाचार/ विश्वभर फैलिरहेको एचआईभी संक्रमणको दर न्युनीकरणको लागि सबैले आ आफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने कुरामा जोड दिइएको छ ।

लुम्बिनी प्रदेश स्वाथ्य निर्देशनालय बुटवल द्धारा आयोजना गरिएको विश्व एड्स दिवस डिसेम्बर १ को पुर्वसन्ध्यामा एचआईभी एड्स रोकथाम सम्बन्धी सचेतानमुलक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले आ आफ्नो क्षेत्रबाट भुमिका खेल्न सकेमा शंक्रमित दर कम गर्न सकिने बताएका हुन ।

सञ्चारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वाथ्य निर्देशक डा. विनोद कुमार गिरीले सचेतना वृद्धि नै संक्रमण दर रोक्ने प्रमुख उपाय भएको भन्दै सञ्चारकर्मी, सबैकोले आ आफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने बताएका हुन । उनले भने –‘हामी सबैले आ आफ्नो क्षेत्रबाट भुमिका खेल्ने सकेमा लुकेर रहेका शंक्रमितहरु पनि सामाजमा खुलेर आउने र थप संक्रमितको दर कम गर्न सकिने अवस्था छ । ’

कार्यक्रममा स्वाथ्य जनसंख्या तथा परिवार कल्लाण मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्र कुमार पान्डे.ले कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै सन् २०१० मा २१५ जना बालबालिकामा सङ्क्रमण रहेकामा सन् २०२० मा पुग्दा ८० बालबालिमामा मात्र रहेको पाइएको छ । यस्तै सन् २०१० मा एड्सका कारणले एक हजार ४१३ जना मानिसको निधन हुने गरेकोमा त्यो सङ्ख्या सन् २०२० मा पुग्दा ६३६ जनामा झरेको छ ।

उनले सरकारले एचआइभी र एड्स नियन्त्रणमा चालेका उपायले सङ्क्रमण दर घटेको बताईन् । उनका अनुसार सन् २०१० मा दुई हजार ६१ जना नयाँ सङ्क्रमित पाइएकोमा सन् २०२० मा ७५४ जना मात्र पाइएको छ । नियमित उपचार, हेरचाह तथा सहयोग कार्यक्रमले एचआइभीमा सङ्क्रमणमा नियन्त्रण भइरहेको छ ।

सरकारले एचआइभी सङ्क्रमण रोकथामका लागि कण्डम प्रयोग प्रवद्र्धन, एचआइभी परामर्श र परीक्षण, यौन रोगको निदान र उपचार, एन्टी–रेट्रोभाइरल (एआरभी) सेवा प्रदान गरिँदै आइरहेको छ । अहिले २० हजार ८८३ जनाले नियमित एआरभी सेवा औषधि सेवन गर्ने उनले बताए । यो सङ्ख्या कूल सङ्क्रमितको ६९ प्रतिशत हो ।

२०२० को अन्त्यसम्म नेपालमा करिब ३० लाख ३०० सङ्क्रमित रहेको जानकारी दिए । उनका अनुसार सङ्क्रमितमध्ये ०.१३ प्रतिशत व्यस्कमा सङ्क्रमण रहेको छ । नेपालमा एचआइभी सर्नसक्ने जोखिममा रहेका समूहमा एचआइभी सङ्क्रमण दर ५ प्रतिशत भन्दाबढी र सामान्य जनसङ्ख्यामा एचआइभी सङ्क्रमण दर एक प्रतिशत भन्दा कम रहेको छ ।

यस्तै सुईद्वारा लागुऔषध प्रयोग गर्नेमा तीन प्रतिशतका दरले सङ्क्रमण रहेको पाइएको छ । यस्तै महिला यौनकर्मीमा २/२ प्रतिशत, पुरुष समलिङ्गीमा ६.२ प्रतिशत, भारतमा कामदार नेपालीमा पश्चिममा ०.३ प्रतिशत र सुदूरपश्चिममा ०.६ प्रतिशत सङ्क्रमण पाइएको छ ।

सरकारले २०३० सम्ममा नेपालमा एचआइभी तथा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य राखेको छ ।कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटिका महासचिव विक्रम खड्का, रुपन्देही शाखा अध्यक्ष रामराज पोखरेल धर्मराज भट्टराई दिवाकर महर्जन सुवास श्रेष्ठ लगायतले आ आफ्नो भनाई राखेका थिए ।

सम्बन्धित शिर्षक :