लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा ‘विस्तारित अस्पताल सेवा’ सुरु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ‘विस्तारित अस्पताल सेवा’ सुरु भएको छ । बिस्तारित अस्पताल सेवाको बुधबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित चौधरीले सेवाको उद्घाटन गरे ।

अस्पतालमा उपलब्ध नभएका सेवाहरु थप गर्दै जाने योजना अनुसार बिस्तारित अस्पताल सेवा सुरु गरिएको हो । अस्पतालको सेवा समयभन्दा बाहिर (अरु समयमा) आएका बिरामीलाई सेवा प्रदान गरिने छ ।

सरकारले २०७७ चैतमा बिस्तारित सेवा कार्यविधि बनाएर यो सेवा सुरु गरेको थियो । संगै काठमाण्डौको टिचिङ, बिर, गंगालाल र चितनवमा पनि हालै यो सेवा सुरु भएको छ । पछिल्लो सयम लुम्बिनी प्रादेशिक अस्पतालमा बिस्तारित अस्पताल सेवा सुरु गरिएको हो ।उक्त सेवाको शुभारम्भ गर्दै मन्त्री चौधरीले सरकारले प्रदेशका जनतालाई उपचारको लागि प्रदेश बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्नको लागि अस्पतालमा नभएका सेवा थप गर्न प्रोत्साहन गरिएको वताए ।

उनले आर्थिक अवस्था कमजोर भएका बिरामीको उपचारलाई पनि सहज बनाउन सरकार लागि परेको बताउँदै बिरामीको स्वास्थ्योपचारमा चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा सुविधा पनि एउटा कारण भएकाले त्यसमा पनि छलफल भईरहेको उल्लेख गरे ।

मन्त्री चौधरीले सरकारले ल्याएका योजना कार्यान्वयनमा जोड दिँदै स्वास्थ्योपचारमा नीजि क्षेत्रमा भन्दा पनि सरकारी अस्पतालमा आकर्षण बढाउने गरि काम गर्न आग्रह गरे । मन्त्री चौधरीले स्वास्थ्यकर्मिको कोरोना भत्ताको लागी गरेको मन्त्रालयमा छलफल गरि अब छिट्टै निकास निकाल्ने बताए ।

त्यस्तै मन्त्रालयका सचिव डा. बिकास देवकोटाले जिल्ला अस्पताललाई प्रादेशिकमा लैजाने तथा लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टिकृत अस्पतालको रुपमा बिकास गर्ने सरकारको योजना रहेको वताए । सोही अनुसार प्रदेश सरकारले कोभिड बाहेक कुल बजेटको १० प्रतिशत भन्दा बढी स्वास्थ्यमा बजेट विनियोजन भएको वताए ।

अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराईले आफ्नो कार्यकालमा सेवा थप गर्ने १२ सय बेडको अस्पताल बनाउने गरि गौरवको अस्पतालका रुपमा अघि बढाएको बताए । राजधानीबाहिर ठूलो बेडको अस्पताल बनाउनु सामान्य सोच नभएको उनले बताए ।कोभिडको बेला अस्पताल ब्यवस्थापनको कोषबाट ६ करोड बराबर सुरक्षा सामग्रीमा खरिद गरेर सेवा दिएको उनले बताए । कोभिडको बेलामा सेवा दिने स्वास्थ्यकर्मीहरुलाई सतप्रतिशत भत्ता दिने भनिएपनि त्यो पाउन नसक्दा समस्यामा परेको अध्यक्षले बताए ।

अस्पतालमा मुख स्वास्थ्य सम्बन्धि सिबिसिट सेवा पनि सुरु गरिएको छ । बुधबारदेखि सुरु गरिएको सिबिसिटि सेवा काठमाण्डौको बिर पछि पहिलो भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. ईन्द्र ढकालले वताए । मुख स्वास्थ्य सम्बन्धि डेन्टल सिटि लेवलको उक्त सेवा सुरु भएको हो । मेसु डा. ढकालले अस्पताले प्रदान गर्ने सेवालाई गुणस्तरीय, प्रभावकारी र जनमैत्री बनाउन सुझाव सल्लाह दिन समेत आग्रह गरे ।

प्रदेश सरकारले विशिष्टिकृत सेवाको रुपमा बिकास गर्नेगरी लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको योजनाको रुपमा अंगाडी बढाएको छ । अस्पतालमा उपलब्ध नभएका सेवाहरु थप गर्दै जाने उद्देश्य अनुसार ती सेवा थपिएको बताउँदै मेसु ढकालले निकट भविश्यमा क्यान्सर सम्बन्धि उपचार सेवा सुरु गर्ने तयारी भएको वताए ।

त्यस्तै अध्ययन अध्यापनका कार्यक्रम सञ्चालन गर्नको लागि आगामी ८ महिना भित्रै जनशक्ति र स्रोत साधन तयार गर्नेगरी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानसंग सम्झौता गरिएको जानकारी गराउँदै उनले त्यसमा सहजिकरण गरिदिन मन्त्री चौधरीलाई आग्रह गरे । त्यस्तै क्याथल्याव सहितको कार्डियोलोजी सेवा र एमआरई सेवा चालु आर्थिक वर्ष भित्रै सञ्चालन गर्ने तयारी भईरहेको पनि डा ढकालले बताए ।

अस्पतालमा दैनिक हजार सेवाग्राहीले सेवा लिने गरेका छन । लुम्बिनी प्रादेशिक अस्पतालमा १ सय २० जना वरिष्ठ विशेषज्ञ चिकित्सक, विशेषज्ञ चिकित्सकहरु, २ सय ५० जना नर्सिङ स्टाफहरु र ७ सय कर्मचारीहरुले सेवा दिदै आएका छन ।कार्यक्रमको संञ्चालन अस्पतालका शाखा अधिकृत सुरेन्द्र भन्डारीले गरेका थिए ।

सम्बन्धित शिर्षक :