रुपन्देहीका ५ पालिकामा १८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको खोप लगाईने

स्वास्थ्यसमाचार/ रुपन्देहीका ३ नगरपालिका र २ गाउँपालिकामा १८ बर्ष भन्दा माथिका सबै नागरिकलाई कोरोना बिरुद्धको खोप लगाईने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार रुपन्देहीका ५ पालिका तिलोत्तमा नगरपालिका, देबदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकामा कोरोना बिरुद्धको भेरोसिल खोप ९० हजार जनालाई लगाईने भएको छ ।

शर्माका अनुसार ५ पालिकाका ९० हजार जनालाई कोरोना बिरुद्धको पहिलो डोज खोपलगाउने लक्ष्य रहेको बताए ।१३ गते बाट सुरु भएको खोपको पहिलो डोजको पहिलो दिन १९ हजारले खोप लगाएको शर्माले बताए ।

रुपन्देहीका अहिलेसम्म कोभिशिल्ड, भेरोसेल एष्ट्टाजेनेक फाईजर गरि ३ लाख ३२ हजार भन्दा बढीले कोरोना बिरुद्धको दुबैमात्र खोप लगाएको तथ्याक रहेको शर्माले बताए ।अरु रुपन्देहीका ११ पालिकामा मंसिर २१ गते देखी २४ गते सम्म कोरोना बिरुद्धको खोप लगाइने तालिका तयार भएको वताउदै शर्माले भने गर्भवती महिला हरुलेपनि ३ महिना पछि यो कोरोना बिरुद्धको खोप लगाउन मिल्ने बताए।

सम्बन्धित शिर्षक :