लुम्बिनी प्रदेश एचआईभी एड्सको उच्च जोखिम कायमै

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका १२ जिल्लामा एचआईभी संक्रमित ३ हजार९ सय १२ रहेका छन। ।लुम्बिनी प्रदेश स्वाथ्य निर्देशनालय बुटवलद्धारा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा प्रदेशका १२ जिल्लामा ३९,१२ जना रहेको जानकारी दिईएको छ ।

स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्र कुमार पान्डेले कार्यपत्र प्रस्तुत गर्दे लुम्बिनी प्रदेका १२ जिल्लामध्ये सबैभन्दा बढी रुपन्देहीमा १४८७ वाकेमा ५१० कपिलबस्तुमा ४७८ दाडमा ३२५ पाल्पामा २९४ नबलपरासी पश्चिममा २६६ गुल्मीमा १७५ वर्दियामा १३२ अर्घाखाचीमा १०९ प्युठानमा ९२ रोल्पामा ४४ जना एचआईभी संक्रमित रहेको बताएका छन । यस्तै सन् २०१० मा २१५ जना बालबालिकामा सङ्क्रमण रहेकामा सन् २०२० मा पुग्दा ८० बालबालिमामा मात्र रहेको पाइएको छ ।

यस्तै सन् २०१० मा एड्सका कारणले एक हजार ४१३ जना मानिसको निधन हुने गरेकोमा त्यो सन् २०२० मा पुग्दा ६३६ जनामा झरेको छ । सरकारले एचआइभी र एड्स नियन्त्रणमा चालेका उपायले सङ्क्रमण दर घटेको वताए । उनका अनुसार सन् २०१० मा दुई हजार ६१ जना नयाँ सङ्क्रमित पाइएकोमा सन् २०२० मा ७५४ जना मात्र पाइएको छ।नियमित उपचार, हेरचाह तथा सहयोग कार्यक्रमले एचआइभीमा सङ्क्रमणमा नियन्त्रण भइरहेको पान्डेले बताए।

सरकारले एचआइभी सङ्क्रमण रोकथामका लागि कण्डम प्रयोग प्रवद्र्धन, एचआइभी परामर्श र परीक्षण, यौन रोगको निदान र उपचार, एन्टी–रेट्रोभाइरल (एआरभी) सेवा प्रदान गरिँदै आइरहेको वताउदै लुम्बिनी प्रदेशका १२ जिल्लामा नै यो सेवा भएको वताए अहिले प्रदेशमा । ३९,१२ जनाले नियमित एआरभी सेवा औषधि सेवन गर्ने उनले बताए ।

२०२० को अन्त्यसम्म नेपालमा करिब ३० लाख ३०० सङ्क्रमित रहेको र सङ्क्रमितमध्ये ०.१३ प्रतिशत व्यस्कमा सङ्क्रमण रहेको छ । नेपालमा एचआइभी सर्नसक्ने जोखिममा रहेका समूहमा एचआइभी सङ्क्रमण दर ५ प्रतिशत भन्दाबढी र सामान्य जनसख्या एचआइभी सङ्क्रमण दर एक प्रतिशत भन्दा कम रहेको पान्डेले बताए ।

यस्तै सुईद्वारा लागुऔषध प्रयोग गर्नेमा तीन प्रतिशतका दरले सङ्क्रमण रहेको पाइएको छ । यस्तै महिला यौनकर्मीमा २/२ प्रतिशत, पुरुष समलिङ्गीमा ६.२ प्रतिशत, भारतमा कामदार नेपालीमा पश्चिममा ०.३ प्रतिशत र सुदूरपश्चिममा ०.६ प्रतिशत सङ्क्रमण पाइएको छ । सरकारले २०३० सम्ममा नेपालमा एचआइभी तथा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य राखेको बताए ।पान्डेले भने लुम्बिनी प्रदेशमा ८७,६७२ जनाको पिएमटीसिटी परिक्षण  परिक्षण गर्दा १४ जना नयाँ भेटीए को समेत बताए ।

अन्र्तरकृर्या कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेशका स्वाथ्य निर्देशक डा. विनोद कुमार गिरीले सचेतना वृद्धि नै संक्रमण दर रोक्ने प्रमुख उपाय भएको भन्दै सञ्चारकर्मी, सबैकोले आ आफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने बताएका हुन ।

उनले भने –‘हामी सबैले आ आफ्नो क्षेत्रबाट भुमिका खेल्ने सकेमा लुकेर रहेका संक्रमितहरु पनि सामाजमा खुलेर आउने र थप संक्रमितको दर कम गर्न सकिने अवस्था छ ’ डा गिरीले भने । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटिका महासचिव विक्रम खड्का, रुपन्देही शाखा अध्यक्ष रामराज पोखरेल धर्मराज भट्टराई दिवाकर महर्जन सुवास श्रेष्ठ लगायतले आ आफ्नो भनाई राखेका थिए ।

असमानता हटाऔ एड्सको अन्त्यगरौ भन्ने मुल नाराका सहित यस बर्षको ३४ औ विश्व एड्स दिवस बिभिन्न कार्यक्रम गरि मनाईएको छ। रुपन्देहीमा नमुना एकिकृत बिकास परिषद एक्लोलाई सहारादिने बृक्षसमुह,लुम्बिनी खीष्टीयन समाज ,आस्था समुह,आशा ज्योती सहयोग समुह र एच एफ नेपालले एचआर्ईभी एड्सको क्षेत्रमा काम गरिरहेका छन।

सम्बन्धित शिर्षक :