बौद्ध विश्वविद्यालयको स्वास्थ्य शिविरमा ५ सय जनाको उपचार

स्वास्थ्यसमाचार /लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको मुटुरोग स्वास्थ्य शिबिरमा ५ सय जनाभन्दा बढीले उपचार सेवा लिएका छन् । बौद्ध विश्वविद्यालयको आयोजना, शहिद गंगाला हृदय उपचार केन्द्र र हर्ट टु हर्टको सहकार्यमा स्वास्थ्य शिबिर भएको हो ।

शिविरमा मुटुका बिरामीहरुको निशुल्क इको र इजिसी गरिएको थियो । गंगालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीको नेतृत्वमा १३ जनाको चिकित्सकको टोली उपचार सेवा प्रदान गरेको हो ।

शिबिरमा मुटुरोगका साथै प्रसुती, हाडजोर्नी तथा पेट रोगका विशेषज्ञ डाक्टरहरुले उपचार सेवा दिएका थिए । हृदय केन्द्रबाट अधिककारीको नेतृत्वमा रहेको टोलीमा डा. अमृत बोगटी, डा. कबिन्द्र थापा, डा. निर्पेश अधिकारी, डा. मनोज कुमार विष्ट, डा. केशर न्यौपाने, नर्सहरु विष्णु पाण्डे, कविता वानिया, सम्झना पाण्डे लगायतका चिकित्सक टोली रहेको थियो ।

शिबिरमा देवदह मेडिकल कलेज, भीम अस्पताल भैरहवा, जिल्ला स्वास्थ्य कार्यालय, लुम्बिनीस्थित स्वास्थ्यचौकीको चिकित्सकहरुको सहयोग रहेको कार्यक्रममका संयोजक डा. सागर न्यौपानेले जानकारी दिए ।

चिकित्सको टोलीलाई एक कार्यक्रमकाबीच विश्वविद्यालयले धन्यवाद ज्ञापन गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा हृदयरत्न बज्राचार्य, रजिष्ट्रार डा. तिलकराम आचार्यले बोल्दै विश्वविद्यालयको सामाजिक क्रियाकलापमा महत्वपूर्ण सहयोग पुराएको भन्दै चिकित्सकहरुलाई धन्यवाद दिए । विश्वविद्यालयले शिक्षा मात्रै नभई सामाजिक उत्तरदायित्वका कामहरु गर्दै जाने उनीहरुले बताएका छन् ।

विश्वविद्यालयले आयोजना गरेको स्वास्थ्य शिबिरबाट उपचार सेवा पाएपछि लुम्बिनी क्षेत्रका जेष्ठ नागरिकहरु खुसी भएका छन् । विश्वविद्यालयले आगामी दिनमा समेत शिबिर आयोजना गरिने जनाएको छ ।

 

सम्बन्धित शिर्षक :