थप देशभर २५९ जनामा कोरोना संक्रमण, २६४ संक्रमणमुक्त

स्वास्थ्यसमाचार / पछिल्लो २४ घण्टामा थप देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ जना र २ हजार ६ सय ५७ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जना गरी २५९ जनामा कोरोना संक्रमण पुष्टि भएकोे हो ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार ६०९ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ सोही अवधीमा २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा हालसम्म ८ लाख २ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९४४ जना छन् ।

सम्बन्धित शिर्षक :