स्वास्थ्यसमाचार /कोरोनालाई जितेकी प्रसिद्धि श्रेष्ठले आफ्नो रगतको प्लाज्मा दिएर अरु संक्रमितलाई बचाउन चाहेको वताईन । २७ दिनको अस्पताल बसाँईपछि डिस्चार्ज भएर घर जाने क्रममा १९ वर्षकी प्रसिद्दिले आफ्नो शरीरमा एण्टी बडीको विकास भइसकेकाले आफ्नो प्लाज्मा दिएर अरु संक्रमितको जीवन बचाउने चाहाना भएको बताईन । अस्पतालबाट बिदाई हुने क्रममा उनले आफ्नो जीवन बचाउन रातदिन खटिनुभएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, प्राविधिक, सहयोगी , नेपाल सरकार तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरेका सबैलाई धन्यवाद दिईन । अस्पतालको बसाईको क्रममा आत्मियता प्रकट गर्दै आफुलाई एक्लोपनको आभास महसुस हुन नदिनुका साथै हौसला बढाउन प्रेरित गरेका सबैको…
समाचार
नेपालगञ्ज मेडिकल कलेजको आईसोलेसनमा बिरामीको मृत्यु
स्वास्थ्यसमाचार/नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएका एक जना बिरामीको मृत्यु भएको छ । बर्दिया गुलरियाबाट उपचारका लागि मेडिकल कलेजमा भर्ना भएका ईसराईल बेहनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । मृतक इसरायल दुई दिन अघि उपचारका लागि अस्पताल भर्ना भएका थिए । उनी पहिलेदेखि नै दम रोगबाट पिडीत भएको अस्पतालले जनाएको छ । मृतक इसरायललाई कोरोनाको लक्षणसँग मिल्दोजुल्दो खोकि र ज्वरो आएपछि अस्पताल ल्याईएको थियो । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले निमोनियाका कारण बिरामीको मृत्यु भएको हुनाले स्वाब परीक्षणका लागि अस्पतालले नपठाएको बताए । यसअघि…
रगतको अभाव हुन नदिने अभियानमा ७ वटा लायन्स क्रियाशिल
स्वास्थ्यसमाचार/विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण सरकारले लकडाउनको घोषणा गरेको छ । सर्वसाधारणहरु घरमा बसेर लकडाउनको पालना गरिरहेका छन् । देशव्यापी रुपमा गरिएको लकडाउनका कारण औपचारिक सभा, समारोह, गोष्ठी लगायतका कार्यक्रमहरु हुन सकेका छैनन् । समयसमयमा विभिन्न संघ–संस्थाको आयोजनामा हुने रक्तदान कार्यक्रम पनि प्रयाप्त हुन सकेको छैन । जसका कारण रगतको आवश्यकता भएका विरामीहरु त्यसको मारमा परेका छन् । यही समस्यालाई मध्यनजर गर्दै भैरहवा क्षेत्रमा क्रियाशिल ७ वटा लायन्स क्लबहरुले आकस्मिक रक्तदान अभियान नै चलाएका छन् । लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक ३२५ बी टु एरिया–फोर अन्तर्गत रहेका लायन्स…
लाश उठाउनु भन्दा लठ्ठी उठाएको राम्रो :अध्यक्ष यादब
स्वास्थ्यसमाचार/ कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले लगाएको लकडाउन उल्लंघन बढ्दै गए पछि सुरक्षाकर्मि संगै स्थानिय तह पनि यसलाई लागु गर्न लागी परेका छन् । लकडाउनको उल्लंघन बढ्दै गए पछि २६ औं दिन रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादव आफै बाटोमा लकडाउनको पालन गर्न निस्किएका छन् । बिशेष गरि ग्रामीण क्षेत्रमा अहिले गँहु काट्ने काम भई रहेको हुदा कृषि बहाना देखाउदै लकडाउन उल्लंघन बढ्दै गएको छ । कृषिकै बहानामा अन्य सर्वसाधारण पनि घुमफिर गर्न निस्किने गरेको कारण यसले जोखिम बढाएको यादवको भनाई छ । पहिलो दिन भएकोले अनावश्यक रुपमा बाहिर…
स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ उपचारमा लाग्न सघाउनु: मुख्यमन्त्री पोखरेल
स्वास्थ्यसमाचार/ प्रदेश नं. पाँचका मुख्यमन्त्री शंकर पोखरेलले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामका विषमा दाङस्थित राजनैतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र नागरिक समाजका अगुवाहरुसँंग एकीकृत भिडियो संवाद गरेका छन । कोरोना रोकथाम तथा नियन्त्रणमा मुख्यमन्त्री पोखरेलले गरेको यो सातौैं भिडियो संवाद हो । मुख्यमन्त्री पोखरेलले सर्वपक्षीय भिडियो संवादमा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, दाङ जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, नेकपा दाङ इञ्चार्ज जीवन गौतम, जिल्ला अध्यक्ष टिकाराम खडका, नागरिक समाजका संयोजक चन्द्रराज पन्त सहभागी…
प्रदेश ५मा कोरोनापरिक्षण २५७ मध्ये २३७कोे रिर्पोट नेगेटिभ
स्वास्थ्यसमाचार/ प्रदेश ५ मा बैशाख ५ गतेसम्ममा प्रदेशभित्र ३सय २०वटा क्वारेन्टाइनमा १८सय ८६जना व्यक्ति बसिरहेका छन् । प्रदेश ५ मा २सय ५७ जनाको परिक्षणको लागि प्रयोगशाला पठाइएकोमा २सय ३७ जनाको परिक्षण रिर्पोट आएकोमा सबैजनाको रिर्पोट नेगेटिभ छ । २० जनाको स्वाबको परिक्षण रिर्पोट आउने क्रममा छ । प्रदेश ५ मा २सय ५५ जना आशंकामा आइसोलेसनमा भर्ना भएका मध्ये २८ जनाको उपचार हुँदैछ भने २सय २७ जना उपचारपछि घर फर्किइसकेका छन् ।जिल्ला जिल्लामा स्वाथ्यकर्मीहरु खटिएका अवस्था छ । खटिएका स्वास्थ्यकर्मीबाट क्वारेन्टाइनमा रहेका २१सय ८ जनाको आरडिटी गरिएको छ । ति सबै…
दाङ र नेपालगञ्जको प्रयोगशाला तत्काल सञ्चालन गर्ने मुख्यमन्त्रीको निर्देशन
रिमा विसी स्वास्थ्यसमाचार / प्रदेश नं. पाँचका मुख्यमन्त्री शंकर पोखरेलले कोरोना रोग परिक्षणको लागि भैरहवा, दाङ र नेपालगञ्जमा स्थापना गरिएका प्रयोगशाला सञ्चालन गरी परिक्षणको गति तीब्र बनाउन निर्देशन दिदै अझ कामको गति बढाएर आपसी समन्वय गर्दे परिणाममुखी नतिजा निकाल्नु पर्ने बेला आएको बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा चार वटा कोरोना विशेष अस्पताल व्यवस्थापनको जिम्मेवारी पाएका चार मन्त्री,प्रमुख सचिव, सामाजिक विकास मन्त्रालयका सचिव,महाशाखा प्रमुख, स्वास्थ्य निर्देशक र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सहित प्रगति समिक्षा गर्न बसेको बैठकमा भैरहवाको प्रयोगशालामा परिक्षणको गति बढाउन, दाङ र नेपालगञ्जको प्रयोगशाला तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिए…
बाल मृत्युदर बढ्ने जोखिमपछि खोप कार्यक्रम पुन: सञ्चालनमा ल्याइने
बीबीसी /कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण प्रभावित बनेको बालबालिकाहरूको खोप कार्यक्रमलाई पुनस् सञ्चालन गर्न लागिएको अधिकारीहरूले बताएका छन्। तर दादुरा र रुबेलाका लागि सञ्चालन गरिएका विशेष कार्यक्रम भने लकडाउन खुलेपछि मात्रै अगाडि बढाइने बताइएको छ।खोप लगाउने कार्य नियमित गर्न नसकिए ठूलो स्रोतसाधन परिचालन गरेर कम गरिएको बाल मृत्युदर प्रभावित हुने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन्। निर्देशन कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनका कारण विभिन्न क्षेत्र जस्तै बालबालिकाहरूलाई नियमित रूपमा दिइनुपर्ने खोप कार्यक्रम पनि प्रभावित भएको अधिकारीहरू बताउँछन्।६ लाख २० हजार बालबालिकालाई…
नेपालमा एकैदिन थप १४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३०
स्वास्थ्यसमाचार / उदयपुर र चितवनमा गरी आज एकै दिन १४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यो संख्या नेपालमा एकै दिन देखिएको सबैभन्दा धेरै हो । यो संगै कुल संक्रमितको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुरमा १२ जना र चितवनमा २ जना गरी १४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।यो संगै कुल संक्रमितको संख्या ३० पुगेको छ ।
स्त्री तथा प्रशुती रोगका बिरामी ईर्मेजेन्सीमात्र आउनुस
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशीक अस्पताल बुटबल स्त्री तथा प्रशुती रोग बिभागले आपतकालीन अबस्थाका बाहेक अन्य कुनैपनि बिरामी चेक जाच नगर्ने जनाएको छ । आज एक बिज्ञेप्ती जारी गरि बिश्वमा महामारीको रुपमा फैलीएको कोरोना भाईरस लाई थप फैलीन नदिन आफु पनि बच्न र अरुलाई पनि बचाउनको लागी बाट बच्न को लागी स्त्री तथा प्रशुती रोगका ईर्मेजेन्सी बिरामी बाहेक अरु चेक जाच नगर्ने बिज्ञेप्तीमार्फत जानकारी गराएका छन । अस्पतालमा अहिले पनि दैनीक ५० भन्दा बढी बिरामी आउने गरेका स्त्री तथा प्रशुती रोग बिषेशज्ञ डा अनुपा थापाले बताईन ।ओपीडि बन्दभएपछि ईर्मेजेन्सी नभएका समेत यता…