स्वास्थ्यकर्मी र खोप लिएर गाँउगाँउ पुगे तिलोत्तमाका मेयर घिमिरे

स्वास्थ्यसमाचार/ कोरोना संक्रमण बढ्दै जान थालेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शुन्य खोप अभियान थालेको छ ।नगरपालिकाले गाँउगाँउ,टोल टोल र विभिन्न कलकारखानामा कार्यरत कोरोना खोप लगाउन समय नभएका तथा छुटेकाहरुलाई उनिहरु भएकै ठाउमा गएर खोप लगाउने अभियान तिब्र रुपमा अगाडि बढाएको हो ।

त्यसको नेतृत्व तिलोत्तामाका मेयर बासुदेव घिमिरे आफैले गरेका छन् । उनी आफै स्वास्थ्यकर्मी सहित खोप लिएर गाँउगाँउ धाएका छन् ।बुधबारदेखि शुरु भएको शुन्य खोप अभियान अन्तर्गत नगर दौडाहामा नगरप्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरदेवी चौधरी आफै हिडेर खोप अभियानलाई अझै प्रभावकारी र तिब्र पारेको नगरपालिकाले जनाएको छ ।

बिहिबार तिलोत्तमा–१० सेमरामा रहेको एनबि इट्टा भट्टाका खोप लगाउन छुटेका र समय नपाएर खोप नलगाएकाहरुको एकिन गरी स्थानिय तथा भारतीय ५१ मजदुरलाई कोरोना बिरुद्धको पहिलो डोज खोप दिइएको स्वास्थ्य शाखाका कोरोना फोकल पर्सन तथा स्वास्थ्य अधिकृत केशव भट्टराईले वताए ।

तिलोत्तमा नगर भित्र बस्ने,काम गर्ने सबै मजदुर बर्ग, भाडामा बस्ने तथा तिलोत्तामालाई कार्यस्थल बनाएका जो कोहीलाई खोजि खोजि खोप लगाइदिने ब्यबस्था गरेको नगरप्रमुख घिमिरेले बताए ।कोरोना बिरुद्धको खोप लगाउन कोहि छुटेको या नलगाएको भए नगरपालिकाको स्वास्थ्य शाखा तथा हरेक वडामा रहेको स्वास्थ्य चौकीमा सम्पर्क गरी खोप लगाउन समेत उनले आग्रह गरे ।

खोप अभियानमा तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोति प्रसाद पौडेल, स्वास्थ्य अधिकृत तथा कोरोना फोकल पर्सन केशव भट्टराई, सेमरा स्वास्थ्य चौकीका इन्चार्ज तथा स्वास्थ्य अधिकृत कमल पाण्डेय लगायतका स्वस्थाकर्मिहरुको सहभागीता रहेको थियो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :