उपचारका क्रममा मृत्यु भएका अग्रहरीको उपचार खर्च हस्पिटलले व्यहोर्ने

स्वास्थ्यसमाचार भैरहवामा रहेको सिद्धार्थनगर सिटी हस्पिटलले उपचारका क्रममा बिरामीको मृत्यु भएपछी अस्पतालले मृत बिरामीको सबै उपचार खर्च व्यहोर्ने भएको छ । अस्पतालमा मृगौलाको उपचार गर्न आएका सियारी गाउँपालिका वडा नं ३, जङहथ्थाका २६ बर्षिय विरेन्द्र अग्रहरी २८ गतेदेखि अस्पतालमा भर्ना भई उपचार गराई रहेकोमा हिजो उनको मृत्यु भएको थियो । मृगौलाको डाईलासिस गर्ने क्रममा अग्रहरीको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालको लापरवाहीका कारणले अग्रहरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा बिरोध गरेपछी आज प्रहरी प्रशासनको रोहवरमा वार्ता हुदा अस्पतालले उपचार खर्च सबै व्यहोर्ने गरी सहमति भएको जिल्ला प्रहरी कार्यालय…

गुल्मीमा घर -घरमै पुगेर जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिदैं

रमेश विश्वकर्मा गुल्मी,   जिल्लामा ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य परिक्षण गरिदैं छ । प्रदेश नं। ५ सरकारको आर्थिक वर्ष २०७५–०७६ को नीति तथा कार्यक्रम अन्तर्गत ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई घरमा स्वास्थ्य सेवा कार्यक्रम समावेश भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका कार्यक्रम फोकल व्यक्ति शिशिर सिलवालले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालय गुल्मी मार्फत जिल्लाका १२ वटै स्थानीय तहसंग समन्वय गरि यो कार्यक्रम सञ्चालन गरिने एक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रममा कार्यक्रम फोकल व्यक्ति सिलवालले जानकारी दिए । जेष्ठ नागरिकको लागि स्वास्थ्य संस्थाबाट दिईने सेवा आफ्नै घरमा…

गर्भबती महिलाहरुलाई पोषण झोला तथा अभिमुखीकरण तालिम

स्वास्थ्यसमाचार रुपन्देहीको पडसरी स्वास्थ्य चौकीमा ४,६,८ र ९ महिनामा गर्भजाच गराएका गर्भबती महिलाहरुलाई पोषण झोला तथा तिन दिने अभिमुखीकरण तालिम दिएको छ । बच्चा जन्मेपछि कुपोषण हुनबाट बचाउन को लागी तालिम दिएको हो। ओमसतिया गाउँपालिका बडा नं २ का वडा अध्यक्ष ज्ञानेश श्रेष्ठको प्रमुख आतिथ्य गाउँपालिका स्वास्थ्य संयोजक राम प्रसाद भट्राईको बिशिष्ठ आतिथ्य तथा पडसरी स्वास्थ्य चौकीका प्रमुख हंसराज दौल्यालको अध्यक्षतामा तालिम सम्पन्न भएको थियो । तालिममा बोल्दै वडा अध्यक्ष श्रेष्ठले बालवालिकालाई कुपोषण हुनबाट बचाउनको लागी यो तालिम उपलब्धीमुलक रहने बताए । तिन दिन सम्म चलेको तालिमबाट सहभार्गि गर्भबती महिलाहरुले…

जंगली च्याउ खाएर पाल्पामा ६ जनाको मृत्यु

स्वास्थ्यसमाचार पाल्पामा जंगली च्याउ खाएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । च्याउ खाएर बिरामी भइ उपचारका लागि अस्पताल भर्ना भएका ४ जनाको हिजो मृत्यु भएको हो । गम्भीर बिरामी भई काठमाण्डौ टिचिङ अस्पतालमा उपचार भैरहेका निस्दी गाउँपालिका वडा नम्बर–३, कार्कीडाँडा मित्यालका ८ वर्षीय सुमनसिंह ठकुरी, १४ वर्षीया निरुता सिंह ठकुरी, १३ वर्षीया निशा सिंह ठकुरी र त्यसै ठाउँका ४५ वर्षीय पूर्णबहादुर खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । गएको जेठ २४ गते बेलुकी जंगलबाट ल्याएको च्याउ खाँदा ४ वर्षीय उमेश गाहाको आइतबार र ४५ वर्षीया रिखिसरा…

दाङको एउटै वडामा १सय ३८ बालबालिका कुपोषित

स्वास्थ्य समाचार दाङको एउटै वडामा १३८ जना बालबालिका कुपोषित भएको भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का १ सय ३८ बालबालिकामा कुपोषणको समस्या देखिएको हो । तीमध्ये ४७ जना बालबालिका मात्र सम्पर्कमा आएको र अन्य बालबालिकाहरु सम्पर्कमा नआएको स्वास्थ्य चौकी टरिगाउँका फोकल पर्सन रेणु केसीले वताए ।वडा नं ११ मा १सय ३८ जना बालबालिकामा कुपोषण देखिएको छ उनले भने, तर ४७ जना मात्रै सम्पर्कमा छन् अन्य बालबालिकाहरु कता छन सम्पर्कमा आएका छैनन । ४७ जनामध्ये निको भएका १३, डिफल्टर अर्थात् उपचार गर्दा गर्दै आउन छोडेका २२, अन्य अस्पतालमा थप उपचारका लागि…

हृदयघातबाट पूर्व शिक्षामन्त्री पौडेलको निधन

स्वास्थ्यसमाचार पूर्व शिक्षामन्त्री डीआर पौडेलको निधन भएको छ। उनको आज बिहान ७ बजे हृदयघातबाट निधन भएको हो। चितवनको माडी नगरपालिका–५ रमाइलोडाँडास्थित आफ्नै निवासमा हृदयाघात भएपछि उनलाई बिहान ७ बजे माडीस्थित बघौडा अस्पतालमा लगिएको थियो। अस्पतालका चिकित्सकले उनको निधन भएको जानकारी दिएका हुन्।पौडेल संविधानसभामा सदस्य थिए। नेकपाका केन्द्रीय सदस्य पौडेल तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षसमेत रहेका थिए। पौडेलको अन्तिम संस्कारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपाका नेताहरु चितवन जाने कार्यक्रम रहेको बताइएको छ। अहिले उनको शव बघौडा अस्पतालमा रहेको छ पौडेल पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा…

राप्ती आयुर्वेद अस्पतालमा उपकरण र औषधि अभावका कारण बिरामीहरु उपचारबाट बञ्चित

स्वास्थ्यसमाचार राप्ती आयुर्वेद अस्पतालमा उपकरण र औषधि अभावका कारण बिरामीहरु उपचार बञ्चित भएका छन । अस्पतालको अबस्था दयनीय बनेको छ ।स्तरउन्नती भएको राप्ती आयुर्वेद अस्पतालमा उपकरण र औषधि अभावका कारण बिरामीहरु उपचार पाउनबाट बञ्चित भएका छन् । दाङको तुलसीपुर ९ दोघरेमा रहेको अस्पातलमा पर्याप्त बेड, औषधि र उपकरण अभाव र चिकित्सक नहुँदा बिरामीहरु उपचार बिनै घर फर्कन बाध्य छन् । उपचार गराउन आएका बिरामीहरु उपचार पश्चात औषधि किन्न अस्पताल बाहिर गएर किन्न बाध्य छन् ।२ महिनाअघि स्वास्थ्य सेवा विभागले पठाएको ८ कार्टुन औषधि गाडिको भाडा तिर्न नसक्दा बुटवलमा थन्किएको छ…

३४ करोडको लगानीमा सिद्धार्थनगरनगर सिटी अस्पतालको अत्याधुनिक सुबिधा सम्पन्न भबन बन्दै

स्वास्थ्यसमाचार सिद्धार्थनगर सिटी अस्पतालले नयाँ स्वरुप पाउने भएको छ भैरहवामा रहेको यस अस्पतालमा आधुनिक तथा सुबिधा सम्पन्न नयाँ भबन निमार्णधिन अबस्थामा रहेको अस्पतालले जनाएको छ। १९ करोडको लगानीमा सुबिधा सम्पन्न र आधुनिक भबन १५ करोडको लगानीमा उपकरण फर्निचर लगायतको लागी ३४ करोडको परियोजना अघि बढेको अस्पतालले जनाएको छ । नयाँ भबन १२ रेक्टर स्केल भन्दामाथिको भुकम्पन्न प्रतिरोधी हुने छ जस्मा अन्डरग्राउन्ड पार्किङ अध्याधुकि बिद्युतीय लिफट् साधरण र आकस्मीक सिढीसहितको ५ तले भबनको मात्र कुलक्षेत्रफल ५२ हजार रहने छ । नयाँ भबनमा प्रयाप्त भेन्टीलेसन लाईट आर्कषक गाडेन सहितको स्वच्छ बाताबरणमा मेडिटेशन…

दाङको तुल्सीपुर उप महानगरपालिकामा २० वर्ष भन्दा मुनिका ३सय ७५ महिला गर्भवती

स्वास्थ्य समाचार दाङको तुल्सीपुर उप महानगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांक अनुसार उपमहानगर पालीकामा २० वर्ष भन्दा मुनिका ३सय ७५ महिला गर्भवती भएका छन् । यो तथ्यांक हेर्दा अझै पनि बालविवाह न्यूनीकरण नभएको पाइएको शाखाका जनस्वास्थ्य निर्देशक बिमल केसीले बताए । चालु आर्थिक वर्षको आठ महीनामा ३सय ७५ किशोरी गर्भवती जाँच गर्न आएको केसीको भनाई छ । साथै चालु आर्थिक बर्षमा २० वर्ष भन्दामुनिका १७ जनाले गर्भपतन गराएका छन् । अझै पनि तुलसीपुरमा बालविवाह न्यूनीकरण हुनसकेको छैन, गर्भपतन र अस्थायी साधन प्रयोगगर्ने किशोरीहरुलाई हेर्दा डरलाग्दो स्थीति छ केसीले भने । अहिले उप…

रक्तदानले शरीरमा कुनै असर पार्दैन भन्ने कुराको जागरण ल्याउनु आवस्यक

स्वास्थ्य समाचार विश्व रत्तदाता दिवसको अवसरमा बुटवल दिवसको औचित्यका विषयमा आज बुटवलमा अन्तरक्रिया गरिएको छ ।‘स्वथ्य रगत सवैका लागि’ भन्ने नाराका साथमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देही र रक्त सञ्चार सेवा केन्द्र बुटवलको आयोजनामा रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ बुटवलमा भएको कार्यक्रममा रक्तदानले शरीरमा कुनै असर पार्दैन भन्ने कुराको जागरण ल्याउनु आवस्यक रहेको बताए । उनीहरुले रत्तदान गर्दा स्वस्थ्यमा असर पर्छकी भन्ने डरले रत्तदान गर्न पछि पर्ने गरेको भन्दै त्यस्तो भ्रम चिर्न पनि नयाँ खालको जागरणको अवस्यकता औँलाए । कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण…