रुपन्देहीमा १५ हजार मध्ये पहिलो दिनमै दुईहजारले लगाए बुस्टर डोज

भोलिबाट सबै पालिकाको खोपकेन्द्रमा पनि बुस्टर डोज लगाउन सकिने

स्वास्थ्यसमाचार /रुपन्देही रुपन्देहीमा १५ हजार बढी अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार कर्मचारी लगायतलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज दिन सुरु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार आज २ हजार भन्दा बढीलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाएको बताए । उनले आज बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, भिम अस्पताल, आम्दा अस्पताल, जिल्ला प्रहरी कार्यालय भैरहवा, युसिएमएस लगायका ठाउँमा आज कोभिड–१९ विरुद्धको कोभिसिल्ड र भेरोसिल खोप लगाईएको बताए ।

उनले भोलीबाट रुपन्देहीका सबै पालिकामा खोप लगाउने ब्यवस्था मिलाएको बताए । त्यस्तै नेपाल प्रहरीको तालिमकेन्द्र शस्सत्र प्रहरीवल, नेपाली सेनालाई ब्यारेकमै खोप केन्द्र बनाएर बुस्टर डोज लगाउने बताए । खोप अधिकृत शर्माले भने पत्रकारहरुलाई लाईनमा बस्न समस्या भएकोले तिलोत्तमा शंकरनगरमा खोपकेन्द्र बनाएको बताए।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले आफुलाई पायक पर्ने लक्षित समुह असार मसान्तसम्म दोश्रो डोज खोप लगाईएको कार्ड लगेर खोपकेन्द्रमा जान आग्रह गरे । ६० वर्षमाथिका दीर्घ रोगका बिरामीलाई बुस्टर डोज माघ १४ गते लगाईने पनि वताए ।

सम्बन्धित शिर्षक :