कोभिशिल्डको बुस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी :अध्ययन

एजेन्सी/ स्वास्थ्यसमाचार /एस्ट्राजेनेकाले तयार पारेको कोभिड(१९ विरुद्ध खोपको बुस्टर डोज नयाँ ओमिक्रोन भेरियन्ट विरुद्ध एन्टिबडीहरू बढ्ने एक अध्ययनले दावी गरेको छ।

एङ्ग्लो(स्वीडिश बायोफार्म कम्पनीले बिहीबार जारी गरेको सुरुवाती तथ्यांकमा यस्तो जानकारी दिएको हो । अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको र भारतले कोभिशिल्ड नाम दिएको खोपको जारी परीक्षणले यसको तेस्रो डोजले सार्स(सीओभी२को बीटा, डेल्टा र गामा भेरियन्टहरू विरुद्ध शरीरको प्रतिरोधात्मक क्षमता बढाएको देखाएको छ ।

परीक्षण नमूनाहरूको फरक विश्लेषणहरुले ओमिक्रोन भेरियन्ट विरुद्ध द्रुत गतिमा एन्टिबडी बढाएको पाइएको छ। भ्याक्सभेरिया र कुनै एमआरएनए खोप पाएका मानिसहरूको अध्ययनले सो नतिजा देखाएको हो। एस्ट्राजेनेका र बायोफार्मास्युटिकल्स आर एण्ड डीका कार्यकारी उपाध्यक्ष सर एम पङ्गोलाजले भने,’भ्याक्सभेरियाले विश्वभरि लाखौं मानिसहरूलाई कोभिडबाट बचाएको छ र यी तथ्याङ्कहरूले तेस्रो बूस्टर डोजको रूपमा यसको महत्त्वपूर्ण भूमिका रहेको देखाउँछन्।’

तेस्रो थप डोजको अत्यावश्यकतालाई ध्यानमा राख्दै विश्वभरका स्वास्थ्य अधिकारीहरूलाई यी थप डाटा उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ । ‘द ल्यान्सेट’सँगै प्रिप्रिन्टमा प्रकाशित चौथो चरणको परीक्षण परिणामहरूले कोरोनाभ्याक सिनोभ्याक बायोटेक को लागि प्रारम्भिक खोपहरू पछि भ्याक्सजेभेरियाको तेस्रो डोजबाट एन्टिबडीहरूमा द्रुत वृद्धि देखिएको छ।

जनवरीको पहिलो हप्तामा युरोपभरमा ओमिक्रोन भेरियन्टका ७० लाखभन्दा बढी नयाँ केसहरू पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

सम्बन्धित शिर्षक :