बुटवलमा आईसियु र भेन्टिलेटर सहितको एम्वुलेन्स संञ्चालनमा

स्वास्थ्यसमाचार/ बुटवलमा पहिलो पटक आईसियु र भेन्टिलेटर सहितको एम्वुलेन्स संञ्चालनमा आएको छ । रोटरी क्लव अफ सेन्ट्रल बुटवलको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले उक्त एम्वुलेन्स सञ्चालनमा ल्याएको हो । एम्वुलेन्सको प्रदेश नं ५का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले सुभारम्भ गरे । सुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बरालले स्वास्थ्यमा सबै प्रकारको सेवा यहि प्रदेशबाट दिने तयारीका साथ प्रदेश सरकारले काम अघि बढाएको बताए । मन्त्री बरालले गौतमबुद्ध सामुदायीक मुटुअस्पताल ले गुणस्तरीय सेवा उपलब्ध गराएको बताए । उनले अहिले पनि स्वास्थ्य सेवा गरिब निमुखानकोे पहुचमा नभएको बताए। निजीअस्पतालले बिरामीको रोग निकोबनाएपनि परिबारलाई मानसिकरोगी…

लुम्बिनी सिटी अस्पताल बुटवलमा ईआरसिपी सेवा सुरु

स्वास्थ्यसमाचार/प्रदेस ५ मा पहिलो पटक इआरसिपी सेवा सुरु भएको छ। पित्त नलीमा भएको ढुंगा चिरफार नगरी निकालिने यस प्रविधिमार्फत लुम्बिनी सिटी अस्पताल बुटवलमा सफलतापूर्वक कार्य सम्पन गरी सेवा सुरु गरिएको हो। वीर अस्पतालबाट डिएम ग्यासट्रोइन्टररोलोजीको अध्ययन सकेर हाल लुम्बिनी सिटी अस्पतालमा कार्यरत डा मुकेश शर्मा र धेरै वर्षसम्म धुलिखेल अस्पतालमा काम गरी हाल मेडिकेयर अस्पताल काठमाडौंमा कार्यरत डा विवेक पुर्बे सम्मिलित रहेको टिमले सफलतापूर्वक सो कार्य सम्पन्न गरेको हो। काठमाडौं बाहिर थोरै स्थानमा मात्र इआरसीपीको सुविधा उपलब्ध रहेको डाक्टर मुकेश शर्माले बताए। पित्त नलीको ढुंगा निकाल्न मात्र नभएर पित्त नलीको…

कोरोना संक्रमणको आशंकामा चारजना टेकु अस्पताल भर्ना

काठमाडौँ /कोरोना भाइरसको आशंकामा चारजना बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा। अनुप बास्तोलाका अनुसार आज आइतबार चीनबाट एकजना र कोरियाबाट तीनजना गरी चारजनालाई भर्ना गरिएको हो । डा। बास्तोलाले भने ुकोरोना प्रभावित देशबाट आएकाहरुलाई नियमित परीक्षण गरिएको हो । भर्ना गरिएकाहरु सबै पुरुष हुन् । हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् ।

कोरोना नियन्त्रणको लागि सुरक्षा संयन्त्र परिचालन गर्न कार्यविधि बनाउदै सरकार

काठमान्डौ/ विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस कोभिड–१९० का कारण विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको एक महिना पछि नेपाल सरकारले सो रोग नियन्त्रणको लागि कार्यविधि बनाउन सुरु गरेको छ । समुदाय देखि राज्यका सबै अंगको परिचालन गर्न सक्ने गरी कार्यविधि तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । यस अघि कोरोना क्वारेन्टाइन कार्यविधीमात्र तय भएको थियो । क्वारेनटाइन कार्य विधि बनाएर चीनको वुहान प्रान्तबाट १७५ नेपालीलाई ल्याइएको थियो । अब बन्ने कोरोना नियन्त्रण कार्यविधीमा आपतकालीन अवस्था आए विद्यालय बन्द गर्ने देखि लिएर सुर संयन्त्र समेत परिचालनगर्न सकिने कार्यविधीतयार भइरहेको स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका…

रुपन्देहीमा तेश्रो चरणको दादुरा रुवेला खोप मायादेबिबाट शुरु

स्वास्थ्यसमाचार /रुपन्देहीका सात गाउँपालिकामा आजदेखी तेश्रो चरणको दादुरा रुवेला खोप अभियान शुरु भएको छ । तेश्रो चरणको अभियान मायादेबि गाउँपालिकाबाट सुरु गरिएको हो । अभियानको मायादेबि गाउँपालिका अध्यक्ष धुर्बनारायण चौधरी र जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले बालबालिकालाइ पोलियो थोपा खुवाएर सुभारम्भ गरे। मायादेबि गाउँपालिका वडा नं ८ का अध्यक्ष चोक बहादुर थापाको अध्यक्षतामा गाउँपालिका अध्यक्ष धुर्बनारायण चौधरीको प्रमुख आतिथ्यमा भएको अभियानमा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरी, मायादेबि गाउँपालिका प्रमुख प्रशाशकिय अधिकृत बिष्णु ढुंगाना लगायतले बोल्दै यो अभियानलाई सबैको सहयोग आबश्यक रहेको बताउँदै बालवालिकालाई खोप…

अर्घाखाँचीको दुर्गाफाँटमा दादुरा-रुबेला अभियानबारे अभिमुखीकरण

स्वास्थ्य समाचार / अर्घाखाँचीको दुर्गाफाँटमा दादुरा रुबेला क्याम्पियन राष्ट्रिय अभियान कार्यक्रमको अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रमबिच दादुरा रुबेला खोप अभियानमा कोही बालबालिका पनि छुट्नु नहुने कुरामा सरोकारवालाहरुले जोड दिएका छन् । पाणिनी गाउँपालिका दुर्गाफाटमा आयोजित सरोकारवालाहरुसंगको अभिमुखिकरण कार्यक्रममा बोल्दै सरोकारवालाहरुले उक्त कुरामा जोड दिएका हुन् । पाणिनी गाउँपालिका अन्तर्गतका समुदायमा यहीँ फाल्गुन २३ गते देखी चैत १ गते सम्म सन्चालन हुन गइरहेको अभियानमा सरोकारवालाहरुलाइ जानकारि तथा अभिमुखीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सबै वाडका वार्ड अध्यक्ष तथा स्वास्थ्यकर्मी सहित ३० जनाको सहभागिता रहेको थियो। पाणिनी गाउँपालिका अध्यक्ष अचुत…

सिद्धबाबा हस्पिटलमा यस क्षेत्रमै ठुलो र पहिलो सर्जरी अपरेसन

स्वास्थ्यसमाचार /बुटवलको सिद्धबाबा हस्पिटलमा सर्जरी सेवासगै ठुुलो अपरेसन गर्न सफल भएको छ । बुटवल ८ सुख्नानगरमा रहेको सिद्धबाबा हस्पिटलले सर्जरी सेवा शुरु गर्नासाथ सम्भवन्त यस क्षेत्रमा पहिलो पटक मृगौलाको माथिल्लो भागमा रोकिएको नलीको सफल अपरेसन गरेको छ । नवलपरासीको परासी औचावल बस्ने २० बर्षका सन्जय प्रसाद चौधरीको रोकिएको नलिको दुरविनबाट सफल अपरेसन गरेको अस्पतालले जनाएको छ । मृगौला र पिसाव नलिसगँ जोडिएको उक्त नलिमा रोकावाट आएपछि ग्राहो भएर अस्पतालमा आएका चौधरीको सिद्धबाबा हस्पिटलमा युरोलोजिष्ट सर्जन डा.सुभाषचन्द्र चौधरीले सफल अपरेसन गरेको हस्पिटलका निर्देशक डा.दिपेश प्रधानले बताए। यो अपरेसनलाई जटिल खालको मानिन्छ ।…

लुम्बिनी प्रादेशिक अस्पतालबाट सबैतहका सेवा दिनेब्यबस्था मिलाउछौ :मन्त्री गिरी

स्वास्थ्यसमाचार /प्रदेश ५का उद्योग पर्यटन बन तथा बाताबरण मन्त्री लिला गिरीले लुम्बिनी प्रादेशिक अस्पतालबाट सबै तहका सेवा दिने ब्यबस्था मिलाउने बताए ।उपचारका लागी काठमान्डौ धाउने र वाहिर जाने ब्यबस्थाको अन्त्य गर्न प्रदेशसरकार ले गौरबको योजना बनाएर सुबिधा सम्पन्न अस्पताल बनाउन लागेको बताए । लुम्बिनी प्रादेशिक अस्पतालको एक सय १०औ बार्षिक उत्सब साप्ताहब्यापी कार्यक्रमको को समापन समारोहमा बोल्दै प्रमुख अतिथि गिरीले संघियता कार्यन्यन भएपनि कर्मचारीको मानसिकताको परिबर्तन नभएकोले परिर्बतन आबश्यक रहेको बताए । उनले गलत कामको प्रतिस्पर्दा होईन राम्रा काम को प्रतिस्पर्र्धा गर्नु पर्ने बताए । मन्त्री गिरीले उपचार गर्न नसक्नेले…

महानिर्देशक नियुक्तीमा नेपाल जनस्वास्थ्य सघ प्रदेश ५को बधाई

स्वास्थ्यसमाचार / स्वास्थ्य सेवा विभागको महानिर्देशकमा महेन्द्र श्रेष्ठलाई नियुक्ती गरेको भन्दै नेपाल जनस्वास्थ्य संघ प्रदेश नं ५ ले पहिलो पटक बिभागीय प्रमुख हेल्थ इन्स्पेक्सन समुहबाट जिम्मेवारी आएकोमा स्वास्थ्य सेवा ब्यबस्थापन्, थप प्रभाबकारी, गुणस्तरीय र पारदर्शी हुने अपेक्षा सहित बधाई र शुभ-कामना ब्यक्त गरेको छ । बिज्ञप्ती मार्फत नेपाल जनस्वास्थ्य संघ, प्रदेश ५ का अध्यक्ष बिशाल सुवेदीले नेपाल जनस्वास्थ्य संघका आजिबन सदस्य, प्रदेश ५ को प्युठान खलङा निबासी महेन्द्र श्रेष्ठलाई नेपाल स्वास्थ्य सेवाको सर्बोत्कृस्ठ तह १२ औ तह, “प्रमुख बिशेसज्ञ” पदमा बढुवा हुनु भएकोमा बधाई तथा शुभकामना ब्यक्त समेत गरेका छन ।…

लुम्बिनी प्रादेशिक अस्पतालमा म्याराथुन प्रतियोगिता सम्पन्न

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले आफ्नो १ सय १०औं वार्षिक उत्सव कार्यक्रमलाई निरन्तरता दिएको छ । अस्पतालको सप्ताहव्यापी कार्यक्रम अन्र्तरगत आज म्याराथुन प्रतियोगिता भएको छ । फागुन ९ गतेदेखी १५ गतेसम्म मनाउन लागेको कार्यक्रम अन्तरगत भएको म्याराथुन बुटबलको योगीकुटीबाट सुरु भै लुम्बिनी प्रादेशिक अस्पतालमा समापन भएको थियो ।म्याराथुनमा अस्पतालका चिकित्सक स्वाथ्यकर्मी तथा अन्य प्रशासन सुरक्षा लगायतका सहभागी रहेको म्याराथुन को संयोजक राम प्रसाद अर्याल ले बताए । म्याराथुन प्रतियोगिता  महिला तर्फ रोशनी शिल्पकार प्रथम बसुन्धरा भुसाल दोश्रो श्रृजना बेलवासे तेश्रो र पुरुष तर्फ बसन्त कार्कि प्रथम रिषी चौधरी दोश्रो…