शुद्धोधनमा स्वास्थ्य शिविर १७ सयले लिए नि:शुल्क स्वास्थ्य सेवा

स्वास्थ्यसमाचार / रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित ३ दिने निशुल्क स्वास्थ्य शिविरमा १७सयले निशुल्क स्वास्थ्य सेवा लिएका छन।

नेपाल सरकार गृह मन्त्रालय र शसत्र प्रहरी बल नेपाल एपिएफ अस्पतालको आयोजना र शुद्धोधन गाउँपालिकाको समन्यमा शिबिर सम्पन्न भएको छ । शिबिरमा महिला तथा स्त्रीरोग ५,१३ ,नाक,कान,घाटी १८५ ,छालासम्बन्धि ७२, आखासम्बन्धी १०५ ,हाडजोर्नीसम्बन्धी १२५ ,फिजिसियन सम्बन्धि ४४१ ,भिडियो एक्सरे २२७, एक्सरे २२६,ल्याबसम्बन्धी २०६ र इसिजी १०३ जनाले सेवा लिएको ससस्त्र प्रहरी उपरीक्षक डाक्टर सौजन्य कर्माचार्यले वताईन।

उनले ६सय जना महिला स्वास्थ्य जनचेतनामुलक क्यान्सर सिक्रनिङ कार्यक्रममा सहभागी भएको कर्माचार्यले वताईन।।समापन बोल्दै जिल्ला समन्वय समिति रुपन्देही प्रमुख उमाकान्त चापागाईले शसस्त्र प्रहरी बल सहित स्वास्थ्यकर्मी आवश्यक पहलकदमी गर्ने सबैलाई लाई धन्यवाद दिए उनले ।शिविरबाट विभिन्न रोगरुबाट ग्रसित विरामिहरुले लाभान्वित भएको बताए ।

गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले ३ दिने स्वास्थ्य शिविर आयोजना गर्ने ससस्त्र प्रहरी बल सहजिकरण गर्ने गृहमन्त्री बालकृष्ण खाण लगायत स्वास्थ्यकर्मी लगायत सम्पुर्णलाई धन्यवाद व्यक्त गरे ।

उनले निशुल्क शिविरले शुद्धोधनबासिमा मात्र नभइ छिमेकी पालिकाहरु सियारी,तिलोत्तमा,गैडहवाका स्थानियका स्वास्थ्य सुबिधाको लाभ लिएको वताए।मोतिपुर प्राथामिक स्वास्थ्यकेन्द्रका अध्यक्ष केशब अधिकारीले सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिए ।उनले अस्पताल २ वर्ष भित्रमा सुबिधासम्पन्न गुणस्तरीय अस्पतालको रुपमा स्थापित गर्ने लक्ष्य रहेको वताए।

सम्बन्धित शिर्षक :