श्रवण दृष्टिविहिन परियोजना बाट रुपन्देहीमा ४० जना लाभान्वित

स्वास्थ्यसमाचार / नेपाल नेत्रहिन संघको सहयोगमा रुपन्देही नेत्रहिन संघद्धारा सञ्चालित ‘श्रवणदृष्टिविहिन परियोजना’ बाट जिल्लाका ४० जना श्रवण दृष्टिविहनता भएका व्याक्तिहरुले प्रत्यक्ष लाभ प्राप्त गरेका छन् ।

जिल्लामा ३ बर्ष देखि जारी परियोजनाको पहलमा रुपन्देहीमा नेपालमा नै पहिलो पटक श्रवण दृष्टिविहिन भएका बालवालिकाले बढ्ने विशेष विद्यालय समेत स्थापना भएको छ ।

रुपन्देही नेत्रहिन संघ श्रवण दृष्टिविहिन परियोजना संयोजक प्रेम अचार्यका अनुसार तिलोत्तमाको मणिग्राममा रहेको शान्ती नमुना माविमा ८ जना श्रवण दृष्टिविहिन भएका व्याक्तिहरुले हाल अध्यायन गरिरहेका छन् । जसको लागि सबै व्यवस्था, आर्थिक, सहयोगी शिक्षक, फिजियोथेरापीष्ट सहितको सेवा परियोजनाबाट प्रदान गरिएको उनले जानकारी दिए ।

आईतबार बुटवलमा सञ्चारकर्मीहरु संगको अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै परियोजना संयोजक आचार्यलले रुपन्देहीमा १ सय ८१ जना श्रवण दृष्टिविहता भएका व्याक्तिहरु रहेको भन्दै जसमा ८८ जना महिला, ९३ जना पुरुष रहेको जानकारी दिए ।देशभरीमा ९ हजार ७ सय १४ जना श्रवणदृष्टिविहिनता भएका व्याक्तिहरु रहेको भन्दै उनले उनीहरुलाई समाजको मुल धारमा ल्याए सोही अनुसारको जीवन उपयोगी तालिमप्रदान गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै परियोजनाका प्रशिक्षक टिकाराम पौडेलले अपाङ्गता बर्गमा सबैभन्दा जटिल अटिजम र अटिजम पछि श्रवण दृष्टिविहिनता भएका व्याक्तिहरु रहेको भन्दै उनीहरुको लागि स्थानीय स्तर देखि परिवार सरकारले समेत विशेष योजना बनाएर कार्यान्वय गर्नुपर्ने बताए ।

उनले कतिपय रुपन्देहीका पालिकाले अपाङ्गता तथ्यांक अध्यावाधिक समेत नगरेको भन्दै उनले सामाजिक सुरक्षा मा समेत सहभागीता गराउने गरी अपाङ्गता परिचय पत्र प्रदान गर्ने कुरामा स्थानीय तह गम्भिर हुनुपर्ने बताएका थिए ।

नेपाल नेत्रहिन संघका केन्द्रीय सदस्य शिला घिमिरेले अपाङ्गता जो कोही जुन अवस्था, जति बेला पनि हुन सक्ने भन्दै अपाङ्गताका सवाल उठानको लागि सबैले हातमोलो गर्नुपर्ने बताईन ।पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले अपाङ्गताको सवाल नेपाली पत्रकारितामा कमै मात्रामा उठान हुने भन्दै मिडिया क्षेत्रबाट गर्ने सहयोगको लागि महासंघ र पत्रकारहरु तयार रहेको प्रतिवद्धता जनाएका थिए ।

परियोजनाले श्रवण दृष्टिविहनता भएका व्याक्तिहरुको लागि निःशुल्क आँखा परिक्षण, स्वाथ्य परिक्षण सहित उनीहरुको सिकाईका लागि स्पर्ष सिकाई सहित फिजियोथेरापी सेवा प्रदान गर्दै आएको छ ।यस्तै व्यवहारिक शिक्षाका लागि शान्ती नमुना माविमा नेपालकै पहिलो श्रवण दृष्टिविह विद्यालय समेत स्थापना गरेको हो ।

 

सम्बन्धित शिर्षक :