शुद्धोधन गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर ८सय ३६को परिक्षण

अपाङ्गलाई व्हिलचियर तथा बैशाखी वितरण

स्वास्थ्यसमाचार/ रुपन्देहीको शुध्दोधन गाउँपालिकाको मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ३ दिने निःशुल्क स्वास्थ्य शिबिर को दोश्रो दिन८सय ३६ जनाले परिक्षण गराएका छन।

नेपाल सरकार गृह मन्त्रालय र शसस्त्र प्रहरी बल ( नेपाल एपिएफ अस्पतालको आयोजना , गृहमन्त्री बालकृष्ण खाडको सहजीकरण ,शुध्दोधन गाउँपालिका कार्यालयको समन्वय र मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रको सह आयोजनामा निशुल्क स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य जनचेतनामूलक क्यान्सर स्क्रीनिङ कार्यक्रम शुरु गरिएको हो।

उक्त निःशुल्क ३ दिने शिविरको दोस्रो दिनमा ८३६ जना बिरामीहरू ले सेवा लिएका छन्। भने ८३६ जनाको दर्ताको क्रममा एउटा दर्ता भएको फारममा तीन चारवटा सेवा जस्तै एक्सेरे विभिन्न रोगको प्रशिक्षणका रगतको चेकजाँच भिडियो एक्सेरे आखा लगायतको चेकजाँच गरिएको छ।

जसमध्ये दोस्रो दिनमा सेवा लिने सेवाग्राही ८३६ जना भएता पनि शिविरले दुई हजार भन्दा धेरैको चेकजाँच गरिएको ससस्त्र प्रहरी उपरीक्षक वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर सौजन्य कर्माचार्यले वताउनु भयो।उक्त निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको दोस्रो दिनमा शुद्धोधन गाउपालिका वार्ड नम्बर ५ को कार्यालय र नेपाल सशस्त्र प्रहरी बल बिपत व्यवस्थापन समितिको सहयोग मा शुद्धोधन अपांग संघ को आयोजना मा भएको व्हीलचियर र बैशाखि २२ जना अपाङ्गता भएका ब्यक्ती लाई बितरण गरिएको थियो।

शुध्दोधन अपांग संघ रुपन्देहीको आयोजनामा र बैशाखी वितरण कार्यक्रम गरिएको थियो। नेपाल सशस्त्र प्रहरी बल बिपत व्यवस्थापन समिति मार्फत १२ थान व्हीलचियर शुध्दोधन गाउँ पालिका ५ को वडा कार्यालयबाट दुई थान व्हीलचियर र ७ थान बैशाखी विभिन्न अपांगहरुलाई एक समारोहबीच वितरण गरिएको मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष केशव अधिकारीले वताउनु भयो।

शुध्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्यतामा शुध्दोधन गाउँ पालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईको स्वागतमा र शुध्दोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीको संचालनमा भएको कार्यक्रमको अध्यक्षता वडा नं ४का अध्यक्ष केशव अधिकारी अध्क्षतामा भएको थियो।

 

सम्बन्धित शिर्षक :