बुटबलमा प्रभातफेरी कार्यक्रम गरी मनाइयो विश्व फर्मासिस्ट दिवस

स्वास्थ्यसमाचार /आज विश्व फर्मासिस्ट दिवसको अबसरमा बुटबलमा प्रभातफेरी कार्यक्रम गरि मनाईयो। ’फर्मासिस्ट :तपाईको औषधि विशेषज्ञ’ भन्ने मुल नाराको साथ् विश्वभर विभिन्न कार्यक्रम गरि यो दिवस मनाईएको हो।

बुटबलमा नेपाल फार्मेसी संघ रूपन्देही जिल्ला कमिटी र प्रदेश कमिटीको संयुक्त आयोजना र बुटवल उपमहानगर पालिकाको सहकार्यमा भव्यरूपमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।

बिरामीको उपचारको निम्ति जति डाक्टरको भूमिका हुन्छ त्यति नै महत्वपूर्ण भूमिका फर्मासिस्टको पनि हुन्छ हुन्छ भन्ने सन्देश दिने नारा यसवर्ष तय गरिएको हो।

प्रभातफेरीमा हरेक अस्पतालले आफ्नै फार्मेसी संचालन गर्नु पर्ने नियम कार्यान्वयनमा लिएर आउनुपर्ने, औषधि बिक्री फर्मासिस्टले मात्र गर्नुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवा फार्मेसीको टेवा, अवैध औषधि पसल बन्द गर, ईजाजत प्राप्त फार्मेसिस्ट र फार्मेसीबाट मात्र औषधि लिने बानि बसालौ लगाएतका नाराहरु लेखिएको पप्लेट सहित बुटबल उपमहानगरपालिकामा जम्मा भएर कार्यक्रम गरिएको हो।

कार्यक्रममा संघका जिल्ला अध्यक्ष गणेश सेढाईको अध्यक्षता, महासचिव उदय खत्रीको संचालनमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगर पालिकाको मेयर खेलराज पान्डेय, संघका केन्द्रीय उपाध्यक्ष किरण ढकाल, प्रदेश कमिटीका अध्यक्ष गोविन्द तिवारी लगायतले बोल्नुभएको थियो। कार्यक्रममा जिल्ला उपाध्यक्ष चोकलाल सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो।

सम्बन्धित शिर्षक :