रुरुक्षेत्रमा बृहत स्वास्थ्य शिविर, २३ सयकोे नि:शुल्क स्वास्थ्य परिक्षण

५ सय जनालाई नि:शुल्क चस्मा वितरण

स्वास्थ्यसमाचार / रुरुक्षेत्र गाउँपालिकाको आयोजनामा भएको बृहत स्वास्थ शिविरमा २३ सय ६२ जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन।

नेपाल हृदय रोग निवारण प्रतिष्ठान नेपाल नेपाल, नेत्र ज्योति संघ लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा, नेपाल औषधी व्यावसायी सँघको सहकार्यमा विशेष स्वास्थ शिविरको आयोजना गरिएको हो ।

शिविरमा आँखा जाँच तर्फ ८ सय ६१ जनाले आँखा जाँच गरेका छन भने करिब ५ सय जनालाई निशुल्क चस्मा वितरण गरिएको नेपाल नेत्र ज्योति सँघका केन्द्रीय महासचिव भरत चन्दले वताउनु भयो।

यसैगरी डा. अरुण ज्ञवालीको टोलिले तिनदिनमा २ सय ५७ जनाको पेट सम्बन्धि जाँच गरेको छ भने वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रकाश राज शर्माको टोलीले ३ सय ७९ जनाको मुटु परिक्षण, मुटुको जाँच, २ सय ९५ जनाले इसिजि, २ सय ५ जनाको इको परिक्षण गरिएको छ।

यसैगरी शिविरमा दुई सय जनाको स्त्री रोग परिक्षण गरिएको रुरुक्षेत्र १ का वडाध्यक्ष नवराज विकले वताए । कार्यक्रम समापनमा नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणि पौडेल, नेपाल नेत्र ज्योति सँघका महासचिव भरत चन्द, नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अखिलेश्वर पाण्डे, नेत्र ज्योति सँघ गुल्मीका अध्यक्ष शेरबहादुर थापा लगायतले वोल्नु भएको थियो।

उक्त स्वास्थ्य शिविरमा यो क्षेत्रका आमा समूह, युवा क्लव, स्वास्थ निकायका कर्मचारी, विद्यालयका शिक्षकहरु ठुलो सँख्यामा स्वयंसेवामा परिचालन भएका थिए । गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा लगायतका जिल्लाबाट आएका सेवा ग्राहीले सेवा लिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो।

सम्बन्धित शिर्षक :