रास्वपा सरकारबाट फिर्ता: स्वास्थ्य राज्यमन्त्री डा तोषिमा पनि बाहिरिने

स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो।

छलफलमा सरकारलाई समर्थन दिने तर मन्त्रीहरु सबै फिर्ता बोलाउने निर्णय गरेको हो। सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको होश्र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री थिइन्।

तर, सर्वोच्चले सभापति लामिछानेको नागरिकता लिन प्रक्रिया नपु¥याएको भन्दैं उनको उपप्रधानसहित गृहमन्त्री, सांसद पद खारेज गरिदिएको थियो । उनको सांसद पद खारेज भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपालाई गृह मन्त्रालय दिन अस्वीकार गरेका थिए । त्यसपछि रास्वपाले सरकारबाट बाहिरिएको हो ।

सम्बन्धित शिर्षक :