स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा सरोज ढुंगेल निर्वाचित

स्वास्थ्यसमाचार/ स्वास्थ्य पत्रकारहरुको संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा सरोज ढुंंगेल चयन हुनुभएको छ। शनिबार काठमाडौंमा भएको आठौँ वार्षिक साधारणसभा र पाचौँ राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नयाँ कार्यसमित निर्वाचित भएको हो।

मञ्चको वरिष्ठ उपाध्यक्षमा भिषा काफ्ले, उपाध्यक्षमा अर्जुन अधिकारी र महेश तिमल्सेना निर्वाचित हुनभएको छ। महासचिवमा सञ्जिता खनाल, सचिवमा कमला गुरुङ र कोषाध्यक्षमा तुलसा घिमिरे चयन हुनुभएको छ।
मञ्चको नयाँ कार्यसमित सदस्यमा निम्न पत्रकारहरु चयन हुनुभएको छ।

समृद्धा केसी, सपना पौडेल, उपेन्द्र खड्का, केदार गौतम, सिर्जना खत्री, प्रकाश बस्याल, मनिषा थापा, सिर्जना कार्की रहनु भएको छ।

प्रदेश सयोजक
प्रदेश १ ः जुना भट्टराई (जुनु)
मधेस प्रदेश ः सुष्मा कर्ण (स्नेहा)
बागमती प्रदेश ः ज्योति अधिकारी
गण्डकी प्रदेश ः बिना न्यौपाने
लुम्बिनी प्रदेश ः बासुदेव न्यौपाने
कर्णाली प्रदेश ः कृष्ण आचार्य
सुदूरपश्चिम प्रदेश ः पछि कार्यसमितिले तोक्ने सहमति भएको बताईएको छ।

सम्बन्धित शिर्षक :