नेपाल रेडक्रस सोसाइटी रूपन्देहीको सभापतिमा न्यौपाने

स्वास्थ्यसमाचार /नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको ४७ औं जिल्ला बैठकबाट रुपन्देही शाखाको अध्यक्षमा दीपक क्षेत्री न्यौपाने निर्वाचित भएका छन् ।

न्यौपाने अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि मन्त्री बाहेक सबै पद निर्विरोध भएको निर्वाचन अधिकृतले जानकारी दिए ।महिला उपाध्यक्षमा कुमारी हिराच, उपाध्यक्षमा मित्रलाल न्यौपाने र मन्त्रीमा रामचन्द्र उपाध्याय निर्वाचित, कोषाध्यक्षमा सुशील गुरुङ, उपमन्त्रीमा अर्जुनराज उपाध्याय, सहकोषाध्यक्षमा दिनेश पन्थी निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सावित्री सोमरे, हिमा बेलबासे र जानकी घिमिरे निर्विरोध निर्वाचित भएकी छन् ।सदस्य पदका लागि निर्वाचन भएको थियो । निर्वाचनमा सिञ्जाब शर्मा रेग्मी, अल्ताब हुसेन खान, बेनबहादुर पौडेल, निरञ्जन पाठक, महेन्द्र कुमार श्रेष्ठ, सुदर्शनप्रसाद नेपाल र टेकबहादुर थापा विजयी भएका छन् । शाखाको अधिवेशन बुधबार सम्पन्न भएको छ ।

सम्बन्धित शिर्षक :